आइतबार बाघको आक्रमणबाट बाँकेको राप्तसोनारी गाउँपालिका वडा नं. ७ का वकिल गड्डी गम्भीर घाइते भएका छन् । ।
गम्भीर घाइते गड्डीको भेरी अस्पताल नेपालगन्जमा उपचार भैरहेको छ । उनको शरीरभरी घाउ लागेको छ ।
घाइतेका आफन्तले गड्डीलाई बाघले एक पटक आक्रमण गरेर घाइते बनाएपछि भागेको थियो । पुनः बाघ आक्रमणका लागि आउँदा गड्डी होशमा आएपछि सकिनसकी रुखमा चढेर ज्यान जोगाएका थिए ।
हिजो शनिबार बाघको आक्रमणमा परि ज्यान गुमाएका राप्तीसोनारी ६ डाँडा टेपरीका ६० बर्षिय धन बहादुर चलाउनेको मृत्यु भएको थियो । राप्तीसोनारी गाउँपालिकामा गत ६ महिनामा ५ जनाले ज्यान गुमाइसकेका छन् ।
हिंस्रक बाघ खोज्नका लागि हात्ती सहितको टोली तथा चितवनबाट प्राविधिक टोली ल्याएपनि फेला पार्न सकेको थिएन ।