कहाँ छ विरेन्द्रको शालिक ?

राजावादी भन्छन्, जिल्ला प्रशासनमा राखिएको छ

जनआन्दोलनका क्रममा हटाइएको धम्बाझी चोकको स्व. राजा वीरेन्द्रको शालिक २०७३ साल भदौ १३ गते राष्ट्रवादी युवा शक्ति नामक ब्यानरमा पुनःस्थापित गरिएको थियो । सर्वदलीय बैठकको निर्णय अनुसार शालिक स्थापनाको मध्यराती बाँके प्रहरीले शालिक सहित शालिक कुरेर बस्ने युवाहरुलाई नियन्त्रणमा लिएको थियो । युवाहरु छाडिए पनि प्रहरीले अहिले शालिक कहाँ राखेको छ भन्ने पत्तो छैन ।

चोक सरसफाईको जानकारी प्रहरीलाई दिएर युवाहरुले चोकको स्तम्भमा स्व. राजा वीरेन्द्रको शालिक अचानक राखेका थिए । अहिले त्रिभुवन चोकमा त्यसैगरी शालिक राखिएको छ ।

दबाबमा शालिक हटाउन सक्ने चर्चा चलेपनि जिल्ला प्रशासन कार्यालय बाँकेले त्यसको पुष्टि भने गरेको छैन ।

राजावादीहरुले तत्कालीन वीरेन्द्रको शालिक फिर्ता गर्न माग गर्दै आएका छन् । नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले पनि वीरेन्द्र शालिक चोकमा राख्नु पर्ने अभिव्यक्ति बेलाबखत दिंदै आएपनि ठोस कदम भने हालसम्म चालेका छैनन् ।

राजावादीहरुले वीरेन्द्र शालिक जिल्ला प्रशासन कार्यालय बाँकेमा राखिएको दाबी गरेपनि आधिकारिक रुपमा कसैलाई त्यसबारे जानकारी दिइएको छ । ८६ किलो तौलको ढलोटबाट निर्मित अर्धकधको वीरेन्द्रको शालिक करिब १५ लाख खर्चमा निर्माण गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया