वडा नं. ८ र ११ को निर्णय गरेको राखेका हौं : वडाध्यक्ष सुरेन्द्र गुप्ता वैश्य
नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणाले त्रिभुवन चोकमा शालिक राखेको बारे आफुलाई पूर्व जानकारी नभएको प्रतिक्रिया दिएका छन् । दैनिक नेपालगन्जसँगको कुराकानीमा उनले पूर्व जानकारी र निर्णय गरेर शालिक नराखेपछि राम्रो काम गरेको प्रतिक्रिया दिएका छन् ।
‘शालिक राखिसकिएको छ, अब हटाउनु हुँदैन, जनताले त्यही चाहेका छन्’, नगर प्रमुख डा. राणाले भने । निर्णय विना कसरी शालिक राखियो भन्ने प्रश्नमा नगर प्रमुख डा. राणाले वडा नं. ८ र ११ को निर्णय बमोजिम स्थानीयबासीले शालिक राखेको बताएका छन् ।
वडा नं. ८ का वडाध्यक्ष सुरेन्द्र गुप्ताले जनताको माग बमोजिम शालिक राख्ने निर्णय वडा नं. ११ सहित मिलेर निर्णय लिएको बताएका छन् । ‘शालिक राखेको हामी सहमत छौं, दुई वडाको निर्णय हो’, वडाध्यक्ष गुप्ताले भने, ‘शालिक राजावादीले राख्नुभएको हो ।’