किन बन्दैन खजुराको बाटो ? दबाब दिंदै प्रदर्शन

खजुरा बजारमा निर्माणाधिन फोरलेन सडक लामो समयसम्म नबन्दा आक्रोशित स्थानीयले सडक अवरोध गर्दै प्रदर्शनमा उत्रिएका छन् । बजार क्षेत्रको निर्माधिन १८ सय मिटर बाटो ४ बर्षसम्म पीच नभएपछि बिहिबार स्थानीयले बिहानैदेखि नेपालगन्ज गुलरिया राजमार्ग अवरुद्ध गरेर बिरोध प्रदर्शन गरेका हुन् ।


‘यो बाटोका कारण धेरै समस्या उत्पन्न भइरहेको छ, स्थानीय अगुवा निरज भट्ट भन्छन्, आखिर यो बाटो बन्न कति समय लाग्ने हो ? स्थानीय युवाहरुले तत्काल सडक पीचको माग गर्दै राजमार्ग अवरुद्ध पारेको यो पहिलो घटना पनि होइन । यसअघि पनि यसैगरि प्रदर्शन गरिएको थियो ।


उक्त सडक निर्माणको जिम्मा गजुरमुखी कन्ट्क्सनले ४ वर्षदेखि निर्माणाधिन सडक पुरा गर्न नसकेको स्थानीयको आरोप छ । कोभिडका बहानामा काम गर्न नसकेको निर्माण कम्पनिलाई सडक डिभिजनले भने ६ महिना म्याद थपिदिएको छ ।

समयमै सडक नबन्दा स्थानीयहरु धुँवाधुलोबाट ग्रस्त हुनु परेको छ,’ स्थानीय एमाले नेता सतिश निरौलाले भने, ‘दुर्घटनाको जोखिम पनि उत्तिकै छ । विहानैदेखि गरिएको प्रदर्शन र आवागमनको अवरोधले नेपालगन्ज– बर्दिया यात्रारतहरुलाई निकै सास्ती भएको छ । विरोध मत्थर पार्नेतर्फ सम्बद्धहरुको पहल नहँुदा प्रदर्शन लम्बिएको हो ।

प्रतिक्रिया

प्रतिक्रिया