नेपालगन्ज साइक्लिङ क्लबले यही फागुन २० र २१ गते आयोजना गर्न लागेको नेपालगन्ज साइकल उत्सवको तयारीलाई तिब्रता दिएको छ । कार्यक्रम तयारी अन्तर्गत मंगलबार एक समारोहका बिच कार्यक्रमको सम्पर्क कार्यालयलाई ब्यबस्थित गर्न क्लबले नेपाल एयरलाइन्सको भवनमा रहेको एमरल्ड कलेजमा सचिवालयको स्थापना गरि औपचारिक रूपमा काम अगाडि बढाएको छ।
सचिवालय उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालीका कि उपमेयर उमा थापाले क्लबले बाके र बर्दिया को पर्यटन प्र्वधनका लागि प्रत्यक बर्ष आयोजना गर्दै आइरहेको कार्यक्रम टुर डे ठाकुरद्वार को प्रशंसा गर्नुभयो । क्लबका अध्यक्ष सतिश निरौलाले क्लबले यसबर्ष बिगतका बर्षमा गर्दै आइरहेको टुर डे ठाकुरद्वारलाइ अलि बृहत र फरक शैलीमा आयोजना गर्न नेपालगन्ज साइकल उत्सव -2022 को आयोजना गर्न लागीएको जानकारी दिनुभयो ।
अध्यक्ष निरौलाका अनुसार नेपालगन्ज साइकल उत्सव अन्तर्गत यस बर्षको टुर डे ठाकुरद्वार -2022 को चौथो सस्करण आयोजना गरिने जानकारी दिनुभयो । कार्यक्रम मुल आयोजक समितिका संयोजक क्लबका बरिष्रठ उपाध्यक्ष सुरेन्द्र दिप कार्कीले कार्यक्रममा देशका प्रमुख शहरहरु र ७ वटै प्रदेश तथा मित्र रास्ट्र भारतबाट समेत गरि २५० साइकल यात्रीहरुले सहभागिता जनाउने लक्ष्य लिएको जानकारी दिनुभयो ।
क्लबका सचिव प्रदीप सापकोटाले कार्यक्रममा सहभागिताको लागि अनलाइन बाट रजीस्ट्रेसन गर्न सकिने र बाके जिल्लाका साइक्लिस्टहरुले अनलाइन अथवा सचिवालयमा नै आएर पनि सहभागिता फार्म भर्ने ब्यबस्थापन गरिएको बताउनु भयो ।
कार्यक्रममा बाके र बर्दियाका स्थानीय सरकार, संघ सस्था र निजि कम्पनी तथा ब्यबसायिहरुको समेत साझेदारीको लागी अपील गर्दै यो कार्यक्रम बाके र बर्दियाको पर्या पर्यटन बिकासमा कोशेढुङ्गा हुने आशा क्लबले लिएको क्लबका अध्यक्ष सतिश निरौलाले बताउनुभयो । कार्यक्रममा क्लबले गर्दै आएका कामको प्रशंसा गर्दै प्रमुख अतिथि उपमेयर उमा थापाले उपमहानगर क्लबका राम्रो र सकारात्मक गतिविधिलाई सधैं साथ दिन र सहयोग गर्न तयार रहेको बताउदै यो कार्यक्रम सिङ्गो नेपालगन्ज शहरको भएको हुँदा सबै नगरबासीको साथ र समर्थन दिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा सहभागी हुने २० जना महिला सहभागी लाई ग्रीनवे को सहयोगमा रजिस्ट्रेसन शुल्क मिनाहा गरिने क्लब का कोषाध्यक्ष राजेस गुप्ता ले जानकारी दिनुभयो ।