संस्कार बन्दै फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे

भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस हरेक वर्ष फेब्रुअरी १४ मा नेपाल सहित विश्वभर यो दिवस मनाइन्छ । पश्चिमा देशमा विशेष रुपमा मनाइने गरेको यो दिवस पछिल्लो समय नेपालमा पनि मनाउने क्रम बढेको छ । भ्यालेन्टाइन डे हाम्रो सस्कृति होइन तर पनि युवा पुस्ताहरुमा यो दिवस लोकप्रिय बन्दै गएको छ । भ्यालेन्टाइन डे गाउँघरमा भन्दा शहरी क्षेत्रमा चर्चा बढी हुन्छ ।

युवा पुस्तामाहरुले भ्यालेन्टाइन डे लाई एक रोमान्टिक र प्रेममय दिन मान्दछन् । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन भने युवाहरु जिउनुमा कुनै सार्थकता मान्दैनन् । प्रेम दुई विपरित लिङगी वीचको मात्र होइन वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका दिन युवाहरुले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षौ आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । प्रेम दिवस अर्थात भ्यालेन्टाइन डे प्रेम जोडीहरुका लागि महत्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरुका लागि पनि प्रणय दिवस उत्तिकै महत्वपूर्ण छ । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ । यसलाई प्रेम–प्रस्तावका रुपमा प्रदान गरिन्छ । भ्यालेन्टाइन डे मा फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको युवाहरुले मान्दछन् । रातो गुलाफ मित्रता र मुटुको धडकनको प्रतीक मानिन्छ ।

भ्यालेन्टाइन डे मा गुलाफी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धडकन अब तिम्रो लागि मात्र धडकी रहेको छ भन्नु हो । अर्थात मेरो मुटु तिम्रो लागि हो । पहेँलो गुलाफ मित्रताको प्रतीक मानिन्छ । फ्रेण्डसीप डे अर्थात मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रुपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालि सकेको छ । सेतो गुलाफ साँचो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ । कालो गुलाफ बिदाइको प्रतीक मानिन्छ । यदि कुनै कारणवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आफ्नो कार्य पूरा हुन्छ ।

भ्यालेन्टाइन डे इस्वी संवत २६९ बाट इटालीको रोमवाट सुरु भएको हो । तेस्रो शताब्दीको अन्त्यतिर प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहास इटलीका तत्कालीन शासक क्लाउडियसको तानाशाहीको विरुद्धमा उत्रिएका सेन्ट भ्यलेनटाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । विशेषगरी यस दिन मन परेको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने र आफ्ना प्रियजन तथा आफन्तलाई उपहार दिने गरिन्छ । विशेष गरी भ्यालेन्टाइन डे को औपचारिक सुरुवात इस्वी सम्वत २६९ रोमनबाट सुरु भएको हो । यो दिवससँग एउटा दुखान्त प्रेम कथा जोडिएको छ । तत्कालिन रोमन सम्राट क्लोडियस द्धितियले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लाएका थिए ।

प्रेम तथा विवाहले सैनिक कजोर हुन्छन र युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुन्छ भन्ने धारणाले सम्राट क्लोडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राटको नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।
उनले प्रतिबन्ध उल्लंघन गर्दै धेरै सैनिकको सार्वजनिक रुपमा विवाह गराए । सम्राटले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेलमा राखे । जेलमा रहँदा सन्त भ्यालेन्टाइनको जेलरकी दृष्टिबिहीन छोरीसँग माया बस्यो ।

आफूलाई मृत्युदण्ड दिनुअघि सन्त भ्यालेन्टाइनले लभ फ्रम योर भ्यालेन्टाइन भन्ने हस्ताक्षरसहितको प्रेम पत्र आफ्नी प्रेमिका अर्थात जेरकी छोरीलाई दिएका थिए । उनले आङना दुवै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकार गरेका थिए । उनलाई सन २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनको सम्झनामा सन्त भ्यालेन्टाइने प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन डे मनाउने गरिएको हो ।

भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दुई सय २९ वर्षपछि सन ४९८ मा इसाइ धर्मगुरु पोप जेलासिएसले भ्यालेन्टाइनको सम्झनामा दिवसकै रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि इंल्याण्ड र फ्रान्स हुँदै पछिल्लो समय विश्वभर १४ फेब्रुअरीलाई भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसको रुपमा मनाउने गरिएको छ ।

कुनै पनि पर्व मनाउनु नराम्रो होइन त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ । हुन त यो भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस पश्चिमी संस्कृति हो । यो संस्कृतिको केही राम्रो पक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्ताहरु आफ्नो सस्कृति बिर्सदै जाने र आयातित सस्कृतिमा रमाउन थालेका छन् । जस्ले गर्दा आधुनिकता संगै युवा युवतीहरुले संस्कृति जर्गेना भन्दा पनि विसंगती भित्राएका छन ।

आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको भ्यालेन्टाइन दिवसले कैयौ युवापुस्ताको जीवन नारकीय बनाएको छ । उनीहरुमा एक अर्कोमा देखासिकी को प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो दिवसले विस्तारै हाम्रो देशमा पनि प्रवेश गरेसंगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भैरहेका छन ।

आधुनिकता र देखावटीपनको चकचकी बढदो छ । भ्यालेन्टाइन डे को दिनमा माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ । गर्लफ्रन्ड र ब्याइ फैन्ड बनाउने त फेसन नै चलेको छ ।
भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस । पछिल्लो समयमा हाम्रो देशमा पनि यो दिवस मनाउनेको सख्या बढदो छ । भ्यालेन्टाइन डे को दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक अर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन भएको छ । आफुले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो होइन ।

प्रेम मनसँग जोडिएको अर्थात भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको देखिन्छ । प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ । सच्चा प्रेममा जीवनको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ ।

केहि बर्ष अगाडी सम्म मन पराएको मान्छेलाई चिट्ठीपत्र मार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन र भन्न सकिने अवस्था रहेको छ । एक अर्कामा प्रेम हुनु नराम्रो होइन । प्रेमबिना संसार चल्दैन । सच्चाप्रेमीले सदैव भलो चाहन्छ ।

प्रेमले जीवन जिउन सजिलो बनाउँछ तर प्रेम निश्वार्थी हुनुपर्छ । तर अहिलेको युवापुस्ताहरुमा भावनात्मक रुपमा भन्दा पनि विभिन्न स्वार्थका साथ झूटो प्रेम अर्थात फेक लभ गर्नेहरुको सख्या बढदै गएको छ । कसैले कसैसंग झूटो प्रेम गर्नु राम्रो होइन । अर्को तर्फ प्रेमसँग अनिवार्य विवाह र यौनलाई जोडेर हेर्ने र बुझने समस्या सबैतिर छ । प्रेम र विवाह फरक कुरा हो । पश्चिमेली समाजमा परिवार विघटनको बढदो क्रमसँगै बिबाहप्रति मान्छेको आकर्षण घटदो छ ।

यौनलाई सामाजिक मर्यादाको विषयभन्दा विशुद्ध प्राकृतिक आवश्यकताको रुपमा प्रयोग गर्ने जमात बढिरहेको छ । यसरी हेर्दा पश्चिमेली समाजमा सबभन्दा पहिला यौन त्यसपछि मात्र प्रेम र बिबाह गर्ने संस्कार देखिन्छ । यता हामीकहाँ सबभन्दा पहिला बिबाह अनि मात्र प्रेम र यौन भन्ने देखिन्छ । झवाट्ट हेर्दा हाम्रो संस्कार सुल्टोजस्तो देखिए पनि व्यवहारिक भने छैन । व्यवहारिक चाहिँ सबभन्दा पहिले प्रेम त्यसपछि मात्र यौन र विवाह हो ।

मानिसका दैनिक जीवन निर्वाहका चालचलन, रीतिरिवाज आ–आफनै जातीय, धार्मिक, वर्गीय एवम् वातावरणीय हिसाबले निर्धारण भएका हुन्छन् । संस्कृति प्राकृतिक वातावरणको प्रभावको कारण विशिष्ट रुपमा उत्पन्न हुने प्रक्रिया हो । यसको उत्पत्ति र विकासको प्रक्रियामा हाम्रो समाजमा आएका र आउने परिवर्तनहरुले प्रत्यक्ष एवं परोक्ष प्रभाव पारेको हुन्छ ।

संस्कृतिले स्थानीय मानिसले आफ्ना पूर्वजदेखि अंगीकार गर्दै आएको भाषा, धर्म र रीतिरिवाजसँग सम्बन्ध राख्दछ । संस्कृति आफैँमा स्वतन्त्र अस्तित्वको सामाजिक यथार्थ हुनसक्दैन । यो आफैँमा न शक्तिशाली हुन्छ, न त परिवर्तनशील नै । यो त प्राकृतिक वातावरणसँग आश्रित भई प्राकृतिक वातावरणले निर्धारण गर्ने समाजमा विकसित हुने सामाजिक यथार्थता हो ।

संस्कृति हाम्रो बिश्वास मुल्य र मान्यता हो । सस्कृतिभित्र हाम्रा चालचलन रीतिरिवाज, धर्म पेशा आनिबानि लवाई खुवाई, भेषभुषा सबै पक्षहरुको समिश्रण रहेको हुन्छ । त्यहि समिश्रणले नै हाम्रो अस्तित्वलाई युगौयुगसम्म बचाइराखेको हुन्छ । आदिमकालदेखि नै पुर्खाहरुबाट सस्कृतिको हस्तान्तरण हुदैआएको छ । सस्कृतिले मानब सभ्यताको उजागार गर्नुको साथै समाजलाई पनि एकताको सूत्रमा बाँध्ने काम गर्दछ ।

प्रत्यक्ष रुपमा संस्कृतिले मानिसको व्यक्तित्व निर्माणमा सघाउ पु¥याउँछ भने अर्कोतिर यसले मानव व्यक्तित्व सहितको संस्कृतिको निर्माण, परिवर्तन र विकासमा पनि प्रत्यक्ष प्रभाव पार्दछ । संस्कृति र मानव व्यक्तित्व एकअर्काको एकल अस्तित्व र प्रभावभन्दा पनि पारस्परिक अस्तित्वको रुपमा निर्माण भएका हुन्छन् ।

नेपालमा विभिन्न धर्म, संस्कृति एवं भाषाभाषीमाझ अनेकौँ किसिमका आआफ्नै प्रकारका रीति स्थिति एवं परम्परा र सस्कृतिहरु छन । हरेक दिन, तिथि, महिना एक किसिमले सास्कृतिक चाडबाड र पर्वकै रुपमा विभिन्न सन्देश लिएर आइरहेका हुन्छन । अहिले संस्कृतिको नाममा अनेकौ किसिमका दिवस र पर्व भित्रिन थालेका छन् ।

जसलाई समयमै सोचियन भने हाम्रो मौलिक सस्कृति अर्थात पूर्वीय दर्शन र चिन्तन हराएर जान्छ । नेपालको मौलिक संस्कृति माथी साम्राज्यवादी सस्कृतिको हस्तक्षेप भएको छ । यस्ता हस्तक्षेपको प्रभावले हाम्रा मौलिक सस्कृति, मूल्य,मान्यतामा निरन्तर ह्रास आइरहेको छ । भ्यालेन्टाइन डे १५ दिन अगाडि, होली ७ दिन अगाडि, अंग्रेजी नयाँ वर्ष १५ दिन अगाडी, अमेरिकी र युरोपेली संस्कृतिले नेपाली मौलिक संस्कृतिको अपव्याख्या गर्दै समाप्त पार्न खोजीएको छ ।

मानिसले प्रकृतिलाई आफ्नो अनुकूल बनाउन सक्दैन । बरु उ आफैं प्रकृतिअनुरुपको चालचलन बानीव्यवहारको अनुशरण गरी संस्कृतिको विकास गर्दछ । हिजोको जंगली युगीन संस्कृतिदेखि आजको आधुनिक युगको समाजभित्रको संस्कृतिका आफ्ना आफ्नै विशेषता भए पनि मानव र संस्कृति एक अर्काका परिपूरक हुन् ।

अमेरिकी र पश्चिमा सांस्कृतिक साम्राज्यवाद र बिस्तारबादले इसाई धर्म, संस्कृति, संस्कार भित्राउदै, भाषा, भेषभूषा, गीत, संगीत, साहित्य, सभ्यता, चिन्तन आदिमा र राष्ट्रिय, स्वतन्त्रता, अखण्डता, सार्वभौम सत्तामाथि निरन्तर हस्तक्षेप गरिरहेका छन । यस्ता सस्कृतिमा अहिलेका युवापुस्ताहरु रमाउन थालेका छन् । हाम्रो आफ्नै मौलिक संस्कृति दिनप्रतिदिन लोप हुँदै गएका छन ।

संस्कृति मरेमा नेपाली समाज मरेतुल्य हुने छ । नेपाली संस्कृतिलाई जोगाई राख्न युवापुस्तामा संस्कृति हस्तान्तरण गर्नु अनिवार्य भएको छ । तर नेपाली संस्कृतिलाई युवापुस्तामा हस्तान्तरण गर्न अनेकौ चुनौतिहरु रहेका छन ।

नेपाली संस्कृतिको प्रकृति बढी समन्वयात्मक र अरुको संस्कृतिभन्दा भिन्न र ऐतिहासिक छ । संस्कृति पहिचानसँग जोडिएको विषय भएकाले त्यसको संरक्षण अपरिहार्य रहेको छ । समाज विकासको पहिलो खुडकिलो भनेकै आफ्नो संस्कृतिको संरक्षण गर्नु हो । समाजमा बस्ने मानिसको चालचलन, खानपान उसले मान्दै आएको धर्म र संस्कृतिले उसको जीवनस्तरको मापन गर्छ, जो वातावरणीय प्रभावको कारण संस्कृति बनेको हुन्छ ।

संस्कृति हाम्रो बिश्वास मुल्य र मान्यता हो । सस्कृतिभित्र हाम्रा चालचलन रीतिरिवाज, धर्म पेशा आनिबानि लवाई खुवाई, भेषभुषा सबै पक्षहरुको समिश्रण रहेको हुन्छ । त्यहि समिश्रणले नै हाम्रो अस्तित्वलाई युगौयुगसम्म बचाइराखेको हुन्छ । आदिमकालदेखि नै पुर्खाहरुबाट सस्कृतिको हस्तान्तरण हुदैआएको छ । सस्कृतिले मानब सभ्यताको उजागार गर्नुको साथै समाजलाई पनि एकताको सूत्रमा बाँध्ने काम गर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया