नेपालगन्जमा सुशील ‘दा’ को सम्झना

पूर्व प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको सातौं स्मृति दिवस नेपालगन्जमा मनाइएको छ ।

नेपाली कांग्रेस बाँकेले नेपालगन्जस्थित पार्टी कार्यालयमा स्व. कोइरालाको स्मृतिमा विहीवार कार्यक्रम गरिएको हो । कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो । कोइराला २०७० सालको दोस्रो संविधानसभा चुनावमा बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएर प्रधानमन्त्री बनेका थिए ।

‘खराब मौसमका कारण बुधवार तिथिकै दिन कार्यक्रम गर्न सकिएन,’ काँग्रेस युवा नेता सुधान्सु कोइरालाले दैनिक नेपालगन्जसँग भने, ‘उहाँको व्यक्तित्व र योगदानबारे चर्चा गरिएसँगै सम्मान र सम्झना गरिएको हो ।’

जिल्ला पार्टी सभापति किरण कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा तत्कालिन संविधानसभा सदस्य बादशाह कुर्मी, लुम्बिनी प्रदेश कमिटी सदस्य टेकनारायण भुषाल, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, महाधिवेशन प्रतिनिधि अजित कुमार शर्मा, नेपालगन्ज नगर सभापति प्रशान्त विष्ट, अधिवक्ता प्रल्हाद बहादुर कार्कीलगायतले स्व.कोइरालाका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन पार्टी सचिव तप्त पौडेलले गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया