लागुऔषधविरुद्ध बाँके प्रहरी: ‘डिलर ध्वस्त पारिंदै’

दैनिकजसो लागुऔषधविरुद्धका अपरेशन गरिरहेको बाँके प्रहरीले विहीवार ठूलो मात्रामा ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।


बाँके प्रहरी प्रवक्ता, डीएसपी मधुसुदन न्यौपानेका अनुसार, प्रहरीले विशेष सूचनाका आधारमा दुई जनालाई पक्राउ गरेको हो । उनका अनुसार, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बाट ५२ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको थियो ।


अछाम तुर्माखाँद घर भइ हाल नेपालगन्ज बसपार्कमा बस्ने १८ वर्षका प्रेम चलाउने र अछाम पञ्चदेव घर भइ हाल नेपालगन्ज बसपार्कमा बस्ने १८ वर्षका गौरव विष्टलाई पक्राउ गरि अनुसन्धान अगाडी बढाइरहेको जनाएको प्रहरीले उनीहरु ‘युजरमात्रै नभइ कारोबारी भएको’ आशंका गरेको छ । पछिल्लो दिनमा बाँके प्रहरीले लागुऔषधिविरुद्ध अप्रेशन नै चलाएको जनाएको छ ।


‘केही दिनयता ठूलो मात्रासहित ब्राउनसुगरका डिलर सञ्चालक नै पक्राउ परेका छन्,’ बाँके प्रहरीको दावी छ, ‘लागु औषधविरुद्धको अपरेशन रोकिदैन ।’ प्रहरी प्रवक्ता न्यौपानेले लागुऔषधका गिरोहविरुद्ध प्रहरी सक्रिय भएको बताए । ‘युजरमात्रै होइन, हामी डिलर ध्वस्त पार्दैछौं,’ न्यौपानेले डिएसपी दैनिक नेपालगन्जसँग भने ।

प्रतिक्रिया

प्रतिक्रिया