नेपालगन्जमा विद्यार्थीले सम्झिए सहिद

नेकपा एमाले सम्बद्ध विद्यार्थीहरुले सहिदको सम्झना गर्दै उनीहरुको सम्मानमा दीप प्रज्वलन गरेका छन् । आइतबार साँझ विपीचोकमा जम्मा भएका अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरुले सहिदको सम्मानमा दीप प्रज्वलन गरेका हुन् ।

प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव भीम ओली, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह, अनेरास्ववियुका केन्द्रीय सदस्य सुमन घिमिरे लगायतका युवा नेताहरुको उपस्थितिमा सहिदको स्मरण गरिएको अनेरास्ववियुले जनाएको छ ।

‘युवा र विद्यार्थीहरु माझ सहिदको योगदानबारे चर्चा पनि गरिएको थियो’, एमालेका युवा नेता ओलीले अनेरास्ववियुले सहिदको सम्झनामा दीप प्रज्वलन गरेको जानकारी दिंदै भने ।

प्रतिक्रिया

प्रतिक्रिया