काँग्रेस सहमहामन्त्री किशोर सिंह राठौंरको प्रशिक्षण

नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौंरले वडा स्तरबाटै पार्टीलाई मजबुत बनाएर लैजान निर्देशन दिएका छन् ।
शनिबार काँग्रेस नेपालगन्ज वडा नं. २ कार्यालयले आयोजना गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रममा प्रमुख अतिथि राठौरले पार्टी सुदृढिकरण अभियानमा लाग्न तल्लो तहका क्रियाशिल सदस्यहरुलाई जिम्मेवारी सम्हाल्न निर्देशन दिए । प्रतिपक्षसँग कसरी लड्न भन्नेबारे वैचारिक प्रशिक्षण दिएका राठौरले जनस्तरमा पुग्न कार्यकर्तालाई आव्हान गरे ।
वडा सचिव हिमनाथ पौडेलका अनुसार, कार्यक्रममा केन्द्रीय सदस्य मैकुलाल वाल्मिकी, राष्ट्रिय सभा सदस्य युवराज शर्मा, पार्टी सभापति किरण कोइराला, पूर्व पार्टी सभापति गजेन्द्र हमाल, क्षेत्रीय सभापति रमेश गुप्ता, नगर सभापति प्रशान्त विष्ट लगायतले बोलेका थिए भने वडाध्यक्ष सुनिल सिंह हमालले स्वागत गरेको कार्यक्रमको अध्यक्षता पार्टी वडाध्यक्ष प्रदिप श्रेष्ठले गरेका थिए ।