बाँकेका कानून ब्यवसायीले भने, ‘निर्वाचनको सुनिश्चितता गर’

बाँकेका कानून ब्यवसायीहरुले कुनै पनि बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न नहुनेमा जोड दिएका छन् । सरकारले कानून संसोधन गरेर स्थानीय तहको निर्वाचन पर सार्ने चर्चा चलेको सन्दर्भमा बाँकेका कानून ब्यवसायीको यस्तो भनाइ सार्वजनिक भएको हो ।


प्रगतिशील तथा पेशागत कानून ब्यवसायी संगठन (पीपीएल) बाँकेको जिल्ला अधिवेशनमा बोल्ने कानून ब्यवसायीहरुले कुनै पनि बहानामा स्थानीय तहलाई जनप्रतिनिधि बिहीन बनाउन नहुने बताए । संबिधानमा उल्लेखित प्रावधान अनुसार समयमै स्थानीय तहको निर्वाचनको सुनिश्चितता गर्न, निर्वाचनको मिति तत्काल तोक्नु पर्नेमा अधिवक्ता धु्रव बस्याल, बासुदेव ज्ञवाली लगायतका अधिवक्ताले जोड दिए ।


लोकतन्त्रको गहनाको रुपमा रहेको आवधिक निर्वाचनलाई पर धकेल्ने, स्थानीय तहलाई जनप्रतिनिधिबिहीन बनाई कर्मचारीलाई स्थानीय सरकार सुम्पने कार्य लोकतान्त्रिक र कानून सम्मत मान्न नसकिने अधिवक्ता बसन्त गौतमको भनाइ थियो ।


निर्वाचनको मिति पर सार्न अध्यादेश ल्याउने सरकारी तयारीको प्रसङ्ग उल्लेख गर्दैै नेपालगन्ज उच्च बारमा पूर्व अध्यक्ष समेत रहेका अधिवक्ता बिकाश आचार्यले स्थानीय तहको मिति तोकि निर्वाचन गर्न कुनै कानूनले नरोकेकोले अध्यादेश ल्याई निर्वाचनलाई अनिश्चित गराउन नहुने धारणा राखे ।


पीपीएलमा आचार्य
प्रगतिसिल तथा पेशागत कानून ब्यवसायी संगठन (पीपीएल) बाँके अध्यक्षमा अधिवक्ता बिकाश आचार्य चयन भएका छन् । शनिवार नेपालगन्जमा भएको जिल्ला अधिवेशनबाट आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुनिता शर्मा, सचिवमा भिम बहादुर कार्की र सहसचिवमा जयराम थारु चौधरी चयन भएका छन् ।


नयाँ कार्यसमिति सदस्यहरुमा राम कुमार दिक्षित, दण्डपाणी चपार्इं लगायत चयन भएका छन् । वरिष्ठ अधिवक्ता श्याम गौतमको अध्यक्षतामा भएको भेलाले नयाँ कार्यसमिति चयन गरेको नवनिर्वाचित सचिव भिम बहादुर कार्कीले जानकारी दिए ।


पीपीएलए भेलामा नेकपा एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपति, नगर अध्यक्ष दत्त प्रसाद आचार्यको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपतिले नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको सुभकामना दिंदै कानूनी शासनका लागी पीपीएल अझ बढी संंगठित र क्रियाशील भई लाग्नु पर्ने जोड दिएका थिए ।


नेपाल बार एशोसिएसनको हालै भएको बैठकले आगामी चैत्र १९ गते नया कार्यसमितिको निर्वाचनको मिति तोके संगै बिभिन्न राजनैतिक दल नजिक रहेका कानून ब्यवसायी संघ संगठनहरु सक्रिय हुन थालेका छन् ।

त्यस क्रममा नेपाली काँग्रेस निकट डीएलए र नेकपा एमाले निकट पीपीएलए आफ्नो सांगठनिक गतिबिधि अगाडी बढाउन थालेका छन् ।
यसै बिच नेवाएले आगामी चैत्र १९ गते नया नेतृत्वका लागी निर्वाचनको मिति तोकेको सन्दर्भमा निर्वाचनमा ब्यापक रुपमा लाग्न र सांगनिक गतिबिधि अगाडी बढाउन नवनिर्वाचित पीपीएलए बाँके अध्यक्ष बिकास आचार्यले अनुरोध गरेका छन् ।


दैनिक नेपालगन्जसंगको संक्षिप्त कुराकानीमा नवनिर्वाचित अध्यक्ष आचार्यले आइतवार नयाँ कार्यसमितिको बैठक बसेर बिभिन्न सांगठनिक बिषयमा निर्णय गरिने जानकारी गराए ।

प्रतिक्रिया

प्रतिक्रिया