
बाँके स्थित बालसुधार गृहमा रहेका बालहरुको लागी जिल्ला बिपत ब्यवस्थापन समिति बाँकेले १०० थान कम्बल बितरण गरेको छ ।
सुधार गृहमा क्षमता भन्दा बढी बालकहरु राखिदा जाडोमा कठाङ्गरिय बस्नु परेका बालकहरुलाई यसले केही हदससम्म राहत मिल्नेछ । ७० जनाको क्षमता भएको बाल सुधार गृहमा हाल १७४ बालकहरु रहेका छन् ।
कम्बल बितरण कार्यक्रममा जिल्ला कारागार कार्यालय बाँकेका जेलर राम कुमार सोनकर, एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम, कोरोना फोकल पर्सन तेज वली, जिल्ला बिपत ब्यवस्थापन समितिका रुपन ज्ञवालीको सहभागिता रहेको थियो ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेले चिसो तथा शितलहर प्रभावितलाई न्यानो सहयोग गर्ने क्रममा मंगलवार बाल सुधार गृह बाँकेलाई १०० थान कम्मल वितरण गरेको हो । समितिका सदस्य सचिव राम कुमार सोनकरले बाल सुधार केन्द्रका वार्डेन मलखे सिह र बालकहरुलाई उक्त कम्मल वितरण गरेका हुन । समितिले ६०० कम्मल खरिद गरी चिसो प्रभावितहरुलाई कम्मल र दाउरा वितरण गरिरहेको जनाएको छ ।
जिल्ला बिपत ब्यवस्थापन समितिका रुपन ज्ञवालीले संचालन गरेको कार्यक्रममा अधिकारकर्मी बसन्त गौतमले सुधार गृहमा धेरै कुरामा सुधारको आवश्यकता रहेको भन्दै यस्ता सहयोगले बालकलाई थोरै भए पनि राहत मिल्ने बताए ।
गत हप्ता मानव अधिकार संजालले ०७८ माघ ६ गते बालकहरुका खेलकुद, मनोरञ्जन र स्वास्थ्यमा सघाउ पुगोस भन्ने उदेश्यका साथ खेलकुद सामागी हस्तान्तरण गरेको थियो ।
बाके जिल्ला अदालतका माननीय श्याम सुन्दर अधिकारीको प्रमुख आतित्यथामा भएको कार्यक्रमा एडभोकेसी फोरमका प्रदेश संयोजक बसन्त गौतम, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत द्धारिका अधिकारी, बाके जिल्ला बारका अध्यक्ष जनक बहादुर शाही, नेपालगंज उच्च बारका सदस्य पुरुषोत्तम डाँगी, बाल सुधार गृह सुरक्षा इन्चार्ज प्रेम सिंह भण्डारी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बाके जिल्ला अदालतका माननीय श्याम सुन्दर अधिकारीले कानूनी बिवादमा परेका बालबालिकाहरुलाई बालसुधार गृहमा राख्नुको उदेश्य सुधार गर्नु भएकाले शिक्षा, स्वास्थ्य र रचनात्मक कार्यमा ध्यान दिनु पर्ने बताउनु भयो । बिशेष परिस्थिति, परिवन्द र समस्याले बालबालिकाहरु बालसुधार गृहमा आउनु परेको कुरा उल्लेख गर्दै न्यायाधीश अधिकारीले बालसुधार गृहबाट निस्कने बेलामा असल ब्यक्ति भएर निस्कने वातावरण हुनु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा बालसुधार गृहमा रहेका एक बालकले अन्जानमा भुलवस गरिएको कार्यमा सुध्रने अठोर गरेर बसेकाले बालसुधार गृहमा यस खालको वातावरण हुनु पर्नेमा जोड दिएका थिए ।
एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले बालबालिका गल्ती गर्ने तर अपराध नगर्ने भएकाले कामको परिणाम थाहा नपाई गरेको गल्तीलाई सजायको रुपमा नभै सुधारको वातावरण बनाउनु पर्नेमा जोड दिनु भएको थियो. । बालसुधार गृहमा बालबालिका ब्यक्तित्व बिकाशका लागी शिक्षा, स्वास्थ्य, आधारभुत ज्ञान शिप, खेलकुदको राम्रो प्रवन्ध नभएको उल्लेख गर्दै बाल सुधार गृह सुधार गृह जस्तो हुनु पर्नेमा जोड दिएका थिए ।
बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले एडभोकेसी फोरमले बालसुधार गृहका लागी गर्दै आएको सहयोगको प्रसम्सा गर्नु भयो । बालसुधार गृहलाई सुधार गृह जस्तो बनाउनु राज्यको दायित्व रहे पनि सरकारी वेवास्ता रहेको बताउनु भयो । बालसुधार गृहमा रहेका बालबालिकाहरुको शारिरीक मानसिक र बौद्धिक बिकाश र क्षमता अभिबृद्धिका कार्यक्रम ल्याईनु पर्नेमा जोड दिएकी थिईन ।