कारकाँदोमा बन्दै तीन करोडको अर्काे सडक

विकास निर्माणमा निरन्तर सक्रिय नेपालगन्ज उप–महानगरपालिका वडा नं १८ ले आफ्नो वडाभित्र तीन करोड लागतमा अर्काे पक्की सडक बनाउने भएको छ ।

परम्परागत सडकलाई तीन करोड लागतमा पक्की बनाउन आइतवार कारकाँदोमा रेखांकन गर्दै नेपालगन्ज -१८ का वडाध्यक्ष दीपककुमार बर्मा सहित जनप्रतिनिधि

‘परम्परागत सडकलाई स्तरोन्नती गर्दै पक्की सडक बनाउन रेखांकन गरिएको हो,’ सुर्खेतरोड प्रहरी तालिम केन्द्रदेखि पश्चिम सागरमाथा बोर्डिङ स्कुल हुँदै कारकाँदौ गाउँसम्म आइतवार सडक रेखांकनपछि वडाध्यक्ष दीपककुमार बर्माले दैनिक नेपालगन्जसँग भने, ‘उत्तर दीपनगर देखि माध्यामिक बिद्यालय लगदहवाको पछाडि रहेको टोल हुँदै कारकाँदौ गाउँसम्म सडक कालोपत्रे निर्माणका लागि रेखांकन गरिसकेका छौं ।’


वडाध्यक्ष बर्माका अनुसार, ३ करोडको टेन्डर प्रक्रिया पनि पूरा भइ सकेको छ । ‘अबको केही दिनमै सडक निर्माण कार्यको शुभारम्भ हुनेछ,’ वडाध्यक्ष बर्माले भने । यसअघिनै बाइपास सडकदेखि तालिम केन्द्रबाट आउने बाटोसम्मको सनातनमार्गको अधिकाँश भाग कालोपत्रे भइसकेको छ ।

सडक बनाउँदै वडा नं. १८

प्रतिक्रिया

प्रतिक्रिया