आज हामी बुर्काभित्र/बुर्काबाहिर स्तम्भमा एउटा यस्तो विषय बारे चर्चा गर्नेछौं । जुनकि सुन्दा सामान्य र आजभोलिको चलनचल्ती अर्थात मोर्डन सोच लाग्नेछ । तर त्यसले कसरी हाम्रो परिवार भित्र कलहको कारण बन्दैछ । कसरी हाम्रा अन्य सम्बन्धबाट हामी टाढिदैछौं । भविष्यमा हाम्रो गति के हुनेछ । भन्ने यी यावत विषयवस्तु लाई समेटेर परिचर्चा गर्नेछौं । यसो शीर्षक हेर्दा पाठकहरुलाई लाग्दो होला यो के कुरा गर्न खोजेको होला ।


आजभोलिको समयमा एउटा सामान्य कुराले परिवारका परिवार नै छुट्टिने क्रममा छन् । परिवार भित्र कलह उत्पन्न हुना थालेछ । वैवाहिक नाताका साथै रगतका नाता पनि प्रभावित हुन थालेछन् । त्यो पनि बेनामका नाताले एउटा त्यस्तो नाता जसको कुनै नाम त छैन् तर त्यो नाता निभाउनेले आफ्नै परिवार प्रति को आफ्नो दायित्व पन्छाई रहेकाछन् । उनका लागि आफ्नी पत्नी, छोराछोरी, आमाबुवा भाईबहिनी भन्दा त्यसको महत्व बढी छ । त्यो नाता आफ्नो कक्षाको सहपाठीसंगको हुन सक्छ । आफ्नै घर वरपर टोलछिमेकको हुन सक्छ । आफ्नो छिमेकी जिल्लामा बस्ने संग हुन सक्छ । अनि आजभोलि त फोन र इन्टरनेट (सोसल मीडिया) मार्फत पनि कायम भएको हुन सक्छ । यो नाता पतिको पनि हुन सक्छ र पत्नीको पनि हुन सक्छ कुनै लिंग, वर्ग, समुदाय, जाति, धर्म उमेर विशेष मात्र यसको प्रभावमा परेका छैन्न् । यसको प्रभाव कसैलाई पनि कुनै धर्म,समुदाय, लिंग, उमेर वर्गको व्यक्ति लाई पर्न सक्छ । हुन त यो नातामा कुनै गलत नियत नै रहेका छन् भन्नु उचित नहोला तथापि आफ्नो जायज, पहिचान र नाम सहितका नाता सम्बन्धहरुलाई नजरअंदाज गरीरहदां पार्ने प्रभाव, भविष्यमा आफुप्रति हुने व्यवहार आदि बारे चर्चा गर्नु अति आवश्यक ठानेर यो लेख लेखिएको हो । यो लेख सामान्य परिवार देखि लिएर ढनाढ्य परिवार सम्मको यथार्थ चित्रण गर्नेछ । यसको आशय चाहि परिवारलाई महत्व दिन, परिवारका सदस्यहरुको ख्याल राख्न र बेनाम अर्थात बेमतलबका नाताबाट टाढा रहन सहज होस् भनी लेखिएको हो ।


सामाजिक परिवेश
हामी आफ्नो समाजको कुरा गरौं भने अवस्था यस्तो छ कि यो बेनाम नाताका कारण कतियौं व्यक्ति र परिवार नै प्रभावित भइसकेकाछन् । जसको परिणाम यो छ कि आफ्नो बच्चा बिरामी परेको बेला जचाउन फुर्सद हुदैन तर त्यही बेमान नाताको व्यक्तिलाई जचाउनु पर्यो भने सब काम धन्दा छाडेर भए पनि जान्छन् । आफ्नो पति वा पत्नी थला परेको कुनै परवाह हुदैंन् तर बेनाम नाताको व्यक्तिको हाल खबर छिनछिन मिनेट मिनेटमा लिन्छन् । आफ्नी आमाले खाना खाईन् कि भोकै छिन् बसेर एकछिन सोध्ने समय छैन् तर बेनाम नाताको व्यक्तिले खाना खायो खाएन् बडो फिकिर सताउंछ । आफ्नो बुवाको औषधी छ कि सकेको छ हेर्ने फुसर्द छैन् तर बेनाम नाताको औषधी कति बाकी छ भनी पुरा हिसाब किताब हुन्छ । आफ्नो बच्चा स्कुल जान्छ कि जान्दैन् राम्ररी पढ्छ कि पढ्दैन् उसको पढाइ बारे बुझ्ने समय छैन । तर बेनाम नाताको व्यक्तिले बिहान यसो किन भन्यो भनी काम छाडेर मनन गर्ने समय खूबै हुन्छ । आफ्नो पति वा पत्नीको जन्मदिन वैवाहिक वर्षगांठ बच्चाको जन्मदिन याद नरहेनि । उसको जन्मदिन उसलाई मन पर्ने कुरा याद हुन्छ । आफ्नो आमाले मन पराउने खाना, आफ्नी पत्नीलाई मन पर्ने रंग, आफ्नो बच्चाको हवि बच्चाको रुचि, भाईको स्कुल, बहिनीको मन पर्ने मिठाई, बुवाको मन पर्ने किताब आदि बारे अनभिज्ञ रहने त्यही व्यक्तिलाई ।


बेनामको नाताको व्यक्तिको मन पर्ने रंग, उसको प्रिय हिरो हिरोइन, उसलाई मन पर्ने आइसक्रीम र केकको फ्लेवर, उसको बानी व्यहोरा, उसले मन पराउने गीत र गीतकार, उसले लगाउने जुत्ता कम्पनीको नाम सब स्मरण रहेको हुन्छ । आफ्नो पति वा पत्नी एंव बच्चा सुन्दर भए पनि आंखाले देख्न छाड्छ । अब उही बेनामको नाता रहेको व्यक्ति नै सुन्दर लाग्न थाल्छ । आफ्नो पत्नीको मोबाईल मा रिचार्ज छ कि छैन् मतलब छैन् तर बेनाम नाता रहेको व्यक्ति को मोबाईल समयमा रिचार्ज गराईन्छ उसको मात्र कहां हो र उसकी बहिनी आमा समेतको मोबाईल रिचार्ज गरिन्छ । पत्नीको मोबाईल बिग्रे बनाउन फुसर्द नरहेका पतिले बेनाम नाताको व्यक्ति को मोबाईल बिग्रियो भने नंया किनेर दिईन्छ । हर क्षण उसैको ख्याल रहन्छ जसले गर्दा आफ्नो रगत र वैवाहिक नाताबाट कसरी बिस्तारै टाडिदैछन् भनी अनुमान पनि हुदैंन् । कामकाजी महिलाको हकमा भने ओफिसबाट फर्केर कामकाज सकियो कि च्याटिंग गर्न बसिहाल्ने त्यही बेनाम नाताको व्यक्तिसंग उसको स्वास्थ्य कस्तो छ ? उसको व्यापार कसरी चल्दैछ ? उसलाई कुनै तनाव छ कि भनी पीर । तर आफ्नो बच्चाले होमवर्क गर्यो कि स्कुलमा कुटाइ खायो? बच्चालाई कुनै मानसिक तनाव छ कि? सासु ससुरालाई कुनै स्वास्थ्य समस्याले सताएछ कि? पतिलाई कुनै आर्थिक संकट वा अन्य समस्या छ कि सोध्ने फुर्सद छैन ।
अहिलेको यो भागदौड़को जीवनमा जब बच्चाहरुलाई पिताको स्नेह र आमाको ममताको खांचो हुन्छ । जब बुढेसकालमा पुगेका बिरामी बुवाआमा, घरका काम बालबच्चाको हेरचाह, बुढा र बिरामी आमाबुवा सासुससुराको देखÞभाल गरी थाकेकी पत्नी, बढ्दै गरेका सन्तान हरुलाई तपाईको साथ, सहयोग माया अप्नत्वको सबभन्दा बढी आवश्यकता रहेको हुन्छ । तब तपाईलाई आफ्नो व्यापार र व्यापार पश्चात बचेको समयमा बेनाम नातासंग समय खर्चिनुबाट फुर्सद हँुदैन । जबकि तपाई बिरामी पर्दा हेरचाह गर्ने भनेको तपाईकी पत्नी र बच्चाहरु हुन्छन् । तपाईको स्वास्थ्य लाभको कामना गर्ने आमाबुवा हुन्छन् । अनि बुढेसकालमा तपाईको हेरचाह गर्ने तपाईकै पत्नी सन्तान र परिवारजन हुन्छन् । तपाई बिरामी पर्दा हेरचाह गर्न बेनामको नाताको व्यक्ति आउदैंन् । यसै गरी महिलाको हकमा भने तपाई बिरामी हँुदा औषधी उपचार तपाईका पतिले गर्छन् । तपाईको हेरचाह तपाईका सन्तानले गर्छन् तपाईको स्वास्थ्य लाभको कामना सासुससुरा गर्छन् । त्यो बेनामको नाता हुने व्यक्ति उपचार खर्च ब्यहोर्न आउँदैन । तपाईको हेरचाह गर्न आउदैंन् ।
आइपर्ने समस्या


आफ्नो परिवारलाई त्यतिबेला नजरअन्दाज गरेको जब उनीहरुलाई तपाईको अपन्त्व, स्नेह, मायाममता, साथ र सहयोगको खाँचो रहेछ । तर विगतमा गरेका त्यही व्यवहारले तपाईलाई तपाईकै परिवारबाट टाढा गरिदिइसकेको हुनेछ । पतिले पत्नीलाई मतलब नगरेको हुन सक्नेछ । पत्नीले पतिको मतलब नगरेको हुन सक्नेछ । बच्चाहरु कमाउन थाले पनि तपाईलाई हेर्ने छैन्न् किनकि उनले विगतमा तपाईले गरेका ती व्यवहार स्मरण गर्नेछन् । बुढा आमाबुवाले घृणा गर्नेछन् । त्यतिबेला तपाई एक्लो भइसकेको हुनेछ । घरभित्र एउटा पुरानो सामान सरह तपाईको औकात भइहाल्नेछ । जसलाई तपाईकै बच्चाहरुले वृद्धाश्रम पठाइदिनेछन् । यो बाहेक अरु के नै हुन सक्छ तपाईको आफ्नै परिवारप्रतिको विगतको व्यवहारको भरपाई ।


पहल
यस कारण समय रहँदै आफ्नो परिवारसंग निकट हुन जरूरी छ । आफ्नो परिवारका आवश्यकताहरु आफ्नो हैसियत अनुसार पुरा गर्नु आवश्यक छ । आफ्नो परिवारका हरेक सदस्य आमाबुवा छोराछोरी, भाईबहिनी र पत्नी प्रतिको आफ्नो उत्तरदायित्वहरु पुरा गर्ने सकभर प्रयास गर्नुपर्छ । पत्नीले तपाईकै लागि आफ्नो माईत र माईती परिवार छाडेर तपाईकै साथ सहयोग अपन्तव पाउन आएकी हुन्छिन् । उनले निर्वाह गर्नुपर्ने जिम्मेवारी पुरा गरेपछि उनलाई धन्यवाद दिने गर्नुपर्छ । उनले गर्मी मौसममा पसिना बगाएर बनाएका खाना खाँदा उनले बनाएको खानाको प्रशंसा गर्नुपर्छ । चिसो मौसममा बिहानै उठेर आफुलाई सन्चो नहुदां पनि कुनै गुनासो नगरीकन तपाईका लुगा धोईदिदां उनलाई धन्यवाद भन्नुपर्छ । तपाईका बच्चाहरुको पालनपोषण तपाईका आमाबुवाको हेरचाह गर्ने तपाईकी पत्नीलाई धन्यवाद भनेर हेर्नु उनले झन् लगनका आफ्ना जिम्मेवारी निर्वाह गर्नेछिन् । उनले लगाएका लुगाको तारिफ गर्नु अनि उनी अझ् राम्ररी तयार हुनेछिन् । एक विवाहित महिलालाई अरु के नै चाहिने हो र धन्यवाद र प्रशंसाका दुई बोल बाहेक । यसै गरी महिलाको हकमा भन्नु पर्दा महिलाले पनि पतिले दिनरात थकाइ नमानी आफ्नो परिवारको जिविकोपार्जन गर्न, आफ्नो बच्चाहरुको राम्रो शिक्षादिक्षाका लागि कमाएर फर्केपछि पतिलाई चाहिने कुरा समयमा दिने गर्नुस् , पतिलाई समय समयमा उसले गरेको मिहेनतबाट आर्जेको आम्दनीमा आफु खुश र सन्तुष्ट रहेको कुरा भन्ने गर्नुस् । हरेक क्षण र परिस्थितिमा तपाईको साथ हुनेछु भन्ने गर्नुस् । उसको सुखदुखका कुरा सुन्नुस् उसलाई अरु के नै चाहन्छ र उसका कुरा सुनदिने व्यक्ति आफ्नै जीवनसंगिनी भइदिएपछि ।


परिकल्पना
अनि हेर्नुहोला तपाईको परिवारमा कुनै बेनाम नाताको व्यक्तिका लागि ठांउ नै रहदैंन् । जब कुनै पराइका लागि ठाउँ हुँदैन भने कुनै पराई व्यक्तिका कारण परिवारमा कलह र समस्या हुनेछैन । तपाईको परिवारमा खुशहाली हुनेछ । बच्चाहरु बढ्दै गर्दा तपाईले निर्वाह गरेका जिम्मेवारीहरु, तपाईले गर्ने स्याहार सुसार, मायाममता हेर्नेछन् । उनीहरु पछि गएर आफु पनि तपाई जस्तै जिम्मेवार अभिभावक बन्नेछन् । तपाईको स्याहार गर्नेछन् तपाईलाई वृद्धाश्रम जानु पर्ने अवस्था नै आउदैन । सभ्य समाजको सृजना र जिम्मेवार अभिभावकको बढोत्तरी हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया