दुध तथा दुग्धजन्य पदार्थको स्वच्छता र गुणस्तरमा जोड

खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता अभिबृद्धिका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छता कायम राख्नको लागि सरोकारवाला निकायलाई सचेत बनाउने उदेश्यले कार्यक्रम राखिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठले जानकारी दिइन् ।

डुडुवा गाउँपालिकामा गरिएको अन्तरक्रिया कार्यक्रममा दुग्ध उत्पादक किसान, दुग्ध ब्यवसायी, उपभोक्ता अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका खाद्य अनुसन्धान अधिकृत प्रतिक्षा श्रेष्ठ दुध तथा दुग्ध पदार्थको स्वच्छता र एवं गुणस्तरका बारेमा जानकारी गराएकी थिईन । यस क्रममा अधिकृत श्रेष्ठले दुध तथा दुग्धजन्य पदार्थको उत्पादन, संकलन, चिस्यान केन्द्र संचालन, प्रशोधन, भण्डारण, दुवानी तथा बिक्रि बितरणका सम्बन्धमा दुग्ध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ ले ब्यवस्था गरेका प्रावधानहरुका बारेमा बताएकी थिइन् । दुध उत्पादक किसानदेखि उपभोगको चरणसम्म दुध तथा दुग्ध पदार्थका स्वच्छता एवं उचित गुणस्तर कायम राखिनु पर्नेमा अधिकृत श्रेष्ठले जोड दिएकी थिइन् ।

भेटेनरि अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाँकेका डा. रुपेन्द्र कुमार ओलीले गुणस्तरयुक्त दुग्ध उत्पादनका बिभिन्न पक्षहरुका बारेमा चर्चा गरेका थिए । यस क्रममा डा ओलीले गुणस्तरयुक्त दुग्ध उत्पादनकाका लागि असल पशु अध्यास, सफा दुध उत्पादन, पशुको सरसफाई, गोठको सरसफाई, ब्यक्तिगत सरसफाई, ब्यक्तिगत सरसफाई, दुग्ध पदार्थ राख्ने सामान र भाडाकुडाँको सरसफाई, स्वच्छ दानापानी र घासपात, सरसफाई तथा रोग नियन्त्रण लगायतका बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता बसन्त गौतमले गुणस्तरीय बस्तु तथा सेवा पाउनु हरेका उपभोक्ताको अधिकार भएकाले दुध तथा दुग्ध पदार्थको स्वच्छता र एवं गुणस्तरमा सम्बन्धित पक्षले समुचित ध्यान पु¥याउनु पर्नेमा जोड दिएका थिए ।

जिल्ला दुग्ध ब्यवसायी संघ बाँकेका अध्यक्ष बदरुद्धिन अन्सारील दुधमा स्वच्छता र गुणस्तर अझै पुग्न नसकेको बताउदै दुग्ध ब्यवसायीहरु पनि दुग्ध पदार्थको स्वच्छता र एवं गुणस्तरमा प्रतिवद्ध भई लाग्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा डुडुवा गाउँपालिका क्षेत्रका पशुपालक किसानहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया