गाउँमा सहुलियत सेवा दिंदै सहकारी

खाद्यान्न तथा तरकारी उत्पादक संस्था लिमिटेड राप्तीसोनारी २ को १८ औं साधारणसभा

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ मा रहेको खाद्यान्न तथा तरकारी उत्पादक संस्था लिमिटेडले बिहीबार आफ्नो १८ औं बार्षिक साधारणसभा आयोजना गरेको छ ।

जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष विमला आचार्यले आफ्ना सदस्य तथा सहकारीमा उपलब्ध दिंदा किसानहरुलाई दिएको छुटबारे जानकारी दिइएकी थिइन् । उनले जोताईमा ट्याक्टर तथा कल्टिभेटरबाट क्रमशः अन्यले २ हजार तथा १ हजार ८ सय रुपैयाँ लिने गरेकोमा सहकारीले क्रमशः १ हजार ८ सय र १ हजार ५ सय लिने गरेको बताएकी थिइन् । सहकारीका सदस्यले उक्त शुल्कमा पनि १० प्रतिशत छुट पाउने गरेका छन् ।

प्रमुख अतिथि सुवेदीले सहकारीले किसानहरुलाई सहकारीले दिएको सेवा सराहनीय रहेको बताएका थिए । सहकारीको आफ्नै मिल समेत रहेको छ । जसमा निजीमा भन्दा छुट दिएर सेवा दिने गरिएको छ । ‘सहकारी सिद्धान्त अनुसार सेवा दिएको पाएँ’, प्रमुख अतिथि सुवेदीले भने ।

सहकारीले मिलमा धान कुट्दा अन्यले १ सय २५ प्रतिक्वीन्टल गर्ने गरेकोमा सयमै सेवा दिने गरेको छ भने पिसानीमा अन्यले ५ रुपैयाँ प्रतिकेजी लिने गरेकोमा ३ रुपैयाँमा मै सेवा दिने गरेको कार्यक्रममा जानकारी दिइएको थियो । पेलाईमा अन्यले ८० प्रतिलिटर लिने गरेकोमा सहकारीले ६० रुपैयाँ लिने गरेको छ ।

विशेष अतिथि पूर्व मन्त्री प्रेम बहादुर भण्डारी, अतिथि बैजनाथ खेलकुद विकास समितिको अध्यक्ष दिल विश्वकर्मा रहेको कार्यक्रममा सहकारीले ३ करोडको आयव्याय प्रस्तुत गर्दै १० लाख नाफा कमाएको जानकारी दिइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया