ऊर्जावान समय सुधार गृहमै !

बालसुधार गृहका रहेका बालकहरुले नयाँ कानूनले चर्को कैद सजाय भोग्नु परेको बताएका छन् । सुधार गृहमा रहेका बालकहरुले सुधार गृहमा न पढाईको गुणस्तर छ न त सिक्ने कुनै सिप नै छ । जिवनको उर्जावान समय त्यतिकै बिताउनु परेको एक बालकले गुनासो गरे । अदालतले १६/१६ बर्षसम्म कैद गर्ने गरेको प्रसङ्ग निकाल्दै त्यहाँ रहेका एक बालकले भने, ‘छुटेर आर्मी प्रहरीमा जागिर खाने धोको थियो बढी सजायले रोक्ने भयो ।’

नयाँ कानूनी ब्यवस्थाले मर्का पारेको भन्दै बालकहरुले सुधार गृहमा पढाईको राम्रो ब्यवस्था नभएको, खेलकुदका पर्याप्त सामाग्री नभएको, कापी कमलको समस्या रहेको गुनासो गरेका थिए ।

छाला रोगको संक्रमणले बालक हैरान

बाँके स्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालक राखिदा त्यहाँ रहेका बालकहरुलाई सास्ती भएको छ । ७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल १६८ जना बालक रहेका छन् । एउटै कोठामा ६०/७० बालक राखिदा उनीहरुमा छाला रोगले सताएको छ । संघ सस्थाले बेला बेलामा उपचारमा सहयोग गरे पनि फोहर पानी र कोचाकोच बस्नु पर्दा संक्रमण फैलिने समस्या भएको हो ।

बालसुधार गृहमा छाला रोगको संक्रमण फैलिंदा अहिले पनि बालकहरु छाला रोगको निरन्तर समस्या भएको पीडित बताउँछन् । अहिलेपनि झण्डै ५० बढी बालकहरु दाद लुतो लगायतका छाला रोगबाट पीडित भएको अनुगमनमा पुगेका अधिवक्ता वसन्त गौतमले बताए ।

बालसुधार गृहमा पानीको निकास नहुँदा पानी जम्ने समस्या छ । भवनबाट पानी चुहिन्छ । एक कोठामा ६०/७० जना कोचिएर बस्नु पर्ने समस्या रहेको बालकहरुले गुनासो गरेका छन् । बाथरुमको राम्रो ब्यवस्था नहुदा त्यहाँ रहेका बालकहरु खुल्ला स्थानमा नुहाउने गर्दछन् । कपडा धुने ठाउँ नहुँदा निकै समस्या भएको बालकहरुले गुनासो गरे ।

बढ्दो उमेरमा पौष्टिक आहार खानु पर्ने बालकहरुलाई उपलब्ध सिधा खर्चले नपुग्ने बालकहरुको गुसानो गरेको गौतमले बताए । बालसुधार गृह भनिए पनि त्यहाँ शिप सिक्ने ब्यवस्था छैन । खेलकुदका सामाग्री पनि प्रर्याप्त छैनन । पढ्ने सिक्ने उमेरका बालकहरु त्यतिकै कोठामा कोचारिएर बस्नु परेको बालकहरुको गुनासो छ ।

बालसुधार गृहका धेरै बालक यौनजन्य अपराधका ः

बाँके स्थित बालसुधार गृहमा सबैभन्दा बढी यौनजन्य अपराधका छन् । जसमा जवरजस्ती करणीका ९२, जवरजस्ती करणी उद्योगका ३, अप्राकृतिक मैथुनका ३, सामुहिक जवरजस्ती करणीका ३ गरि करणी सम्बन्धी अपराधका मात्रै १०१ बालक रहेका छन् । करणी पछि कर्तब्य ज्यानका २०, लागु औषधका ११, चोरीका २१, सवारी ज्यानका ४,बालबिवाहका ५, आत्महत्या दुरुत्साहन २ लगायतका छन् ।

बढी करणीका मुद्दामा बालक कानूनी बिवादमा पर्नुमा बिभिन्न कारणहरु रहेको बताइन्छ । बालसुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले केटी साथीका कारण दुवैको सहमतिमा शारिरीक सम्पर्क हुने तर अभिभावकले सम्बन्ध स्वीकार्न नसक्दा बलत्कारको उजुरी गर्ने गरेको बताइन् । कतिको जात नमिलेर, कतिको धनीगरिव भएर पनि केटी पक्षकाले बलत्कारमा उजुरी गर्दा बालकहरु करणीका मुद्धामा पर्ने गरेको गुनासो बालकहरुले गरेको मगरले बताईन ।

प्रतिक्रिया

प्रतिक्रिया