एमाले बाँकेको अधिवेशनः यो हो सर्वसम्मत कार्यसमिति

एमाले बाँकेको आठांै अधिवेशनले कार्यसमिति सर्वसम्मत गरेको छ । १ सय २० सदस्यीय कार्यसमिति सर्वसम्मत भएको हो । आइतबार नै पदाधिकारी सर्वसम्मत र केही पदमा निर्विरोध भएको थियो ।

पदभन्दा बढी उम्मेदवार परेपछि सदस्य पदमा सोमबार छलफल पछि सर्वसम्मत भएका सबै १ सय २० को सूचि जारी गरिएको छ । अध्यक्ष मण्डलले सोमबार छलफल गरी सदस्य पदका केहीको उम्मेदवारी फिर्ता गराएपछि सदस्य पद पनि सर्वसम्मत भएको हो । निर्वाचन समितिका सदस्य भेषराज बस्नेतले कार्यसमिति सबै सर्वसम्मत भएको जानकारी दिए । (हेर्नुस् सूची)

कार्यसमितिको पदाधिकारी तर्फ अध्यक्षमा किस्मत कुमार कक्षपति, उपाध्यक्षमा डिल्ली बिसी, सचिवमा रत्न खत्री, दुई उपसचिव पदमा भूमिसरा धिताल र दिपक बर्मा सर्वसम्मत भएका छन् । यो हो सर्वसम्मत हुने एमाले बाँकेको जिल्ला कार्यसमिति । (हेर्नु्स सूची)

प्रतिक्रिया

प्रतिक्रिया