
नेपाल यत्तिकै कसैले कुम हल्लाएर बनेको देश होइन । न त कुनै विदेशीको भत्ता र भतेरले बनेको देश हो । नेपाल हिजो या एक दशक या एकाध सय बर्ष पहिला या डलरको प्रचलन पछि बनेको देश पनि होइन । कसैले लुट्नैका लागि जोडेको या लुटेर बाँकी रहेको हिस्सा जोडेर बनेको देशपनि होइन । यो कोहि फिरङ्गी भौतारिएर टापुमा पुगेपछि त्यहाँका कबिलाहरुलाई दास बनाएर नश्लसंहार गरेर बनेको देशपनि होइन । यो देश दरबारको शानभित्र नअटाएर भगौडाहरुको जत्था जम्मा भएर बनाइएको देश पनि होइन । अनि यो जातिय नरसंहार गरेर बनेको देशपनि होइन । अनि कुनै वेस्टफेलिया जस्ता सम्झौताले बनेको देशपनि होइन । यो देश कुनै संयोग (इत्तिफाक) ले बनेको देश पनि होइन ।
संसारमा यस्ता धेरै देश छन् जुन देशको निर्माणको जगमा नै कुनै इत्तिफाक छ । या कतै इष्र्या डाह र प्रतिसोधमा बनाइएको छ । कतै नश्लिय नरसंहार गरेर देश खडा गरिएकाछन् । कतै धार्मिक अतिवाद वा असष्णिुताका कारण देश निर्माण भएका छन् । समाजिक कित्ताकाट र घृणावादको जगमा पनि संसारमा धेरै देशहरु बनेका छन् । तर नेपाल भन्ने देशको निर्माणको इतिहास संसारका अन्य देशहरुको निर्माण भन्दा पृथक रहेको छ । कतिपयले आजभोलि भन्ने गरेको जस्तो नेपाल देश बनेको भर्खरै होइन । यो भूमि त पहिला हिमवत्खण्डको नामले चिनिन्थ्यो । यसको सीमाहरु कहिले फैलिँदै र कहिले संकुचित हुँदै आएका हुन् । श्रृष्टिको आरम्भ नै यहि भूमिबाट भएको भन्ने भनाईलाई संसारको सबैभन्दा पुरानो धर्मसँस्कृति र ज्ञानपरम्परा नै यहि भूमिमा भएको, यहिँ नै हिन्दू, बौद्ध, जैन, किरात र बोन सँस्कृतिको उद्गम भएकोबाट पनि पुष्टि गर्न मिल्छ ।
बिभिन्न समय र कालखण्डको बीचमा आएको एउटा कालखण्ड हो बडामहाराज पृथ्बीनारायण शाहले नेपालको पुर्नजागरण गर्दाको खण्ड । समयले बिभिन्न कालखण्डमा बिखण्डित भएका राज्यहरुलाई एकिकृत गरेर एउटा बृहत नेपाल देशको निर्माण गर्ने श्री ५ बडामहाराजधिराज पृथ्वीनारायाण शाहको आज पौष २७ गते ३०० औं जन्मजयान्ती परेको छ । उनको यो जन्मजयन्तीका अवसरमा नेपालका बिभिन्न संघसंस्था देखि नेपालसापेक्षता चाहने राजनीतिक पार्टीले उनको जन्मजयन्ती मनाउने कार्यक्रम राखेका छन् । विगतमा नेपालको नोटमा वहाँको फोटो राख्नुपर्छ भनेर नमूना जनमतसंग्रह गराउँदै आएको मौलिक जरोकिलो पार्टीले पनि पृथ्वी जयन्तीलाई हिमवतखण्ड पुर्नजागरण दिवसको रुपमा मनाउने घोषणा गरेको छ ।
देशको सरकारले उनै राष्ट्रपिताको जन्मजयन्तीको अवसरमा कुनै औपचारिक रुपमा कार्यक्रम राखेको छैन् । न उनको सम्मानमा कुनै राष्ट्रिय बिदा दिन नै आवश्यक ठानेको छ । विदादिन पर्छ भनेर ज्ञापनपत्र बुझाउन जानेहरुको ज्ञापनपत्र समेत सामान्य औपचारिकता पनि ननिभाइकन प्रधानमन्त्रीले हल्काराको चिठ्ठी बुझेझै. बुझेर नेपाल एकिकरणका नायकको खिल्ली उडाएका छन् । नेपालको अस्तित्व कायम गर्ने बडामहाराजधिराजको जन्मजयन्ती पारेर नेपालको भूभाग छिमेकीले मिचेकोमा सहमती जनाउन दिल्लीतिर सवार हुन लागेको भएतापनि उतैको कारण भ्रमण रद्द गरेकाछन् । नेपालको भूमिमा भारतीय फौज बस्दा सरकारको मुखबाट चुँ सम्म निक्लेको छैन । यो भन्दा यो राष्ट्रका महानायक युगपुरुष प्रतिको उपेक्षा अरु केहि हुनसक्दैन ।
वर्तमान सत्तामा भारतका महात्मा गान्धी, राममनोहर लोहिया, रुसका भाल्दीमीर इ. लेनिन, जोसेफ स्टालिन, जर्मनीका माक्र्स, चीनका माओका जन्मजयन्तीका ठूलाठूला फोटाहरु राखेर माल्र्यापण गर्दै प्रवचन गर्नेहरुकै वचसर््व छ । यिनै राजनीतिक पार्टीहरुको सरकार भएका बेला परेको बडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीको यिनीहरुलाई कुनै औचित्य लागिरहेको छैन किनकि उनीहरु आफुलाई मूलधारको त भन्छन् तर वाद सिद्धान्त, प्रतिमान नै विदेशीको बोकेर उनीहरुको जरोकिलो नै नेपालमा छैन भन्ने उनीहरुकै बोली र व्यवहारले देखाएको छ ।
कतिपयले लामालामा लेखहरु लेखेर पृथ्वीनाराण शाहलाई यहाँका जातिबिशेषका विरोधी, सँस्कृतिका बिरोधी, नश्लिय शासक आदि इत्यादि भनेर आफ्नो विद्यता देखाउँदै पत्रपत्रिका र सञ्जाल रंगाएका छन् । बडामहाराज पृथ्वीनाराण शाहलाई प्रथम अमेरिकी राष्ट्रपति जर्ज वाशिङ्टन भन्दा कमजोर सोंच भएका भनेर व्याख्या गर्न पनि खोजिएका छन् । लगभग एउटै समयका यी दुबैजनाको राज्य र राजनीति, कुटनीतिको चेतनामा कसको गतिलो भनेर अथ्र्याउन खोज्दै पृथ्वीनारायण शाहलाई उनका उपदेशहरुका हवाला दिँदै नश्लिय सोंच भएका राजा पनि भनिएका छन् । तर दुर्भाग्यका साथ त्यस्तो सोंच भएका हाम्रा डलरेबृद्धिजीविहरु र पराइवादीराजनीतिक पार्टी तथा यिनका कलमवीर भन्नेहरुले जर्ज वाशिङटनले त्यहाँका कालाजातिहरुको नश्लिय संहार गरेको, दास बनाएको, राष्ट्रपति बनेर पनि डेढसय बढि कालाजातिका मानिसहरुलाई दासको रुपमा राखेका घटनाहरुलाई उल्लेख गर्न चाहेनन् । यता काठमाण्डौं उपत्यका जितेर पनि जित्नेको सँस्कृति नलादेर स्थानीय सँस्कृतिलाई नै मूलसँस्कृति मान्दै कुमारीसँग खड्ग साटेको र जात्राहरु बचाउन गुठीहरु खडा गरेको, त्यहाँको सँस्कृति मास्न पसेका या भित्र्याइएकाहरुलाई देशै निकाला गरेको पनि वयान गर्न खोजिएन ।
राजनीतिमा सबैको हकको कुरा गर्ने बडामहाराजको दरबारमा सबै जातिको समावेशिता थियो । उनको योे उदाहरणहरु नदेख्ने अहिलेका नश्लियता जातिवाद क्षेत्रियताको कित्ताकाट र घृणवादको कथाकुथी बुनेर गरिखाएकाहरुले बडामहाराजले यो देशलाई सबैको साझाघर भनेको पनि रुचाएनछन् । तर एउटा जात र नश्लको सबै हक छिनेर छालाको रंगका आधारमा राज्यको राजनीतिक अधिकार सुनिश्चित गर्ने जर्जवाशिङटनलाई गतिलो देखे ।
कसैको विचार हो संसारका जो कसैलाई पनि गतिलो देख्न पाइन्छ । कसैको आदतसँग अर्कोको आदत मेल खाएमा मलद्धार पनि बसाउन सक्छ । अहिले नेपालको राजनीतिमा धेरैलाई त्यस्तै रोग नलागेको पनि होइन । तर आफ्नै देशको एकिकरणकर्ता, नेपाली पहिचान दिलाउने युगपुरुषलाई अपमान गर्दैगर्दा कम्तिमा पनि उनैको नेतृत्वमा एकिकृत भएको देशको नागरिक भएर यहि भूमिमा बसेर खतिउपती गरेर त्यसो गर्न कस्तो नैतिकताले दियो त्यो भने प्रष्ट पार्नैपर्छ तिनीहरुले ।
पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपालको पुर्नजागरण र एकिकरणको अस्तित्वलाई अस्वीकार गर्नका लागि यहि देशमा बसेर यहिँको राजनीति गरेर, यहिँको बुद्धिजिवी हूँ भनेर भन्न मिल्दै मिल्दैन । यस्ता गतिविधी भनेका त ठाडै यो देशबिरुद्धका षडयन्त्र नै हुन । देशविरोधी गतिविधी नै हुन ।
आज तमाम उठापटक र बैमानीपूर्ण तरिकाबाट आर्जन गरको शक्ति, विदेशीका गुणगानबाट पाएको विद्धता, विदेशीकै धर्मसँस्कृति भाषा सभ्यतालाई नेपालमा स्थापित गराउन लिएको पेश्कीको दम्भमा नेपाल र नेपालीत्वलाई नेपालको एकीकरणका नायक बडामहाराजधिराज पृथ्वीनारायण शाहलाई अस्वीकार गर्ने धृष्टता कुनै नेपालीले नगरेहुन्छ । पहिला पृथ्वीनाराण शाहको योगदानलाई बुझौं । उनको त्यो वीरतालाई बुझौं । उनको त्यो पुण्यकर्मलाई बुझौं । उनले देश बनाउन, देश बचाउन, देशको मानमर्दन कायम राख्न दिएका अर्तिउपदेशलाई सम्झौं । उनको यो देश यहाँका सबै वर्ग र समुदाय प्रतिको समपर्णलाई जानौं । अनि मात्रै आफु नेपाली भएको पहिचानको अर्थ हुनेछ । नेपालको अस्तित्वका लागि पृथ्वीनाराण शाह त हरयुगमा चाहिन्छन् । उनका दिव्योपदेश हरेक शासकले मनन गर्नैपर्छ । उनी तत्क्षणका आगि मात्रै महत्वपूर्ण थिएनन् आजपनि उत्तिकै महत्वपूर्ण छन् । देश नरहे नेपाली भन्ने को रहने ? कहाँ गएर बुर्कुसी मार्ने हो ? सबैले मनन् गरौं । कम्त्तिमा पनि पृथ्वीनारायण शाहलाई गाली गरेर आफ्नो चुलो बाल्नेहरुका लागि पनि यो देश त चाहिएकै छ । किनकि आज उनको नेतृत्व र परिकल्पनाको यो देश नभएको भए नेपाल र नेपालीत्वलाई गाली गर्नेहरुको दोकान पनि त चल्ने थिएन भन्ने तिनीहरुले पनि बुझुन् जरुरी छ ।अमेरिकामा गएर जर्जवाशिङटनको न प्रशंसा गरेर चुलो बल्छ न उनलाई गाली गरेर चुलो बल्छ । बरु यहिँ यहि देशका राष्ट्रपितालाई गाली गरेर त धेरैको चुलो बलेको छ ।
नेपालका लागि यसको अस्तित्वका लागि पनि श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह हरेक युगमा चाहिन्छ भन्ने आज झन प्रष्ट हुँदै गएको छ । बडामहाराजधिराज पृथ्वीनाराण शाहको ३०० जन्मजयन्ती तथा हिमवतखण्डको पुर्नजागरण दिवस आज पौष २७ गतेको सबै स्वाभिमानी नेपालीहरुलाई हार्दिक शुभकामना ।