कुर्मीले किन बोकेर हिडे पेस्तोल ?

अनुसन्धान गर्दै कोहलपुर प्रहरी

बाँकेको गनापुरबाट नेपालगन्ज १३ बस्ने पंकज कुर्मी आइतबार पेस्तोल सहित गनापुरबाट पक्राउ परे । इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कुर्मीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो ।

हतियार कुन प्रयोजनका लागि लिएर हिडेको हो भन्ने बारे अनुसन्धानमै रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, डिएसपी रविन्द्र खनालले जानकारी दिए । ‘हतियार कहाँबाट, किन र कसरी ल्याए, के प्रयोजन थियो अनुसन्धान भैरहेको छ’, उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट कुर्मीले पेस्तोल बोकेर हिड्ने गरेको खुलेको छ ।’ कोहलपुर प्रहरीले अपराधिक घटनाका लागि कुर्मीले पेस्तोल बोकेर हिडेको अनुमान गरेको छ ।

पेस्तोलसहित पक्राउ परेका कुर्मीलाई इप्रका कोहलपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया