एमाले बाँकेको अधिवेशन अन्तर्गत गठित अध्यक्ष मण्डलले किस्मत कुमार कक्षपतिको अध्यक्षतामा १ सय २० सदस्यीय कमिटि प्रस्ताव गरेको छ ।
शनिबार अधिवेशनको बन्दसत्रमा एमाले बाँके इन्चार्ज सुर्य ढकालले खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिको अध्यक्षतामा १ सय २० सदस्यीय जिल्ला कमिटि प्रस्ताव गरेका छन् । प्रस्तावित नाम, पदमा असहमति हुनेले उम्मेदवारी दर्ता गराउन सक्ने बन्द सत्रमा घोषणा गरिएको थियो ।
एमाले बाँकेको उपाध्यक्षमा डिल्ली बिसी, सचिवमा रत्न खत्री, उपसचिवमा भूमिसरा धिताल, उपसचिवमा दिपक बर्मा लगायतको नाम अध्यक्ष मण्डलको तर्फबाट प्रस्ताव गरिएको हो ।
अध्यक्ष मण्डलले कमिटि प्रस्ताव गरेपनि त्यसलाई आकांक्षीले समर्थन नगरेकाले मतदान प्रक्रियामै जाने सम्भावना बढेको छ ।