दुर्घटना न्यूनीकरणको रणनीतिमा ट्राफिक प्रहरी प्रमुख

दिउँसो पनि मापसे चेक गरिने

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुखको जिम्मेवारी सम्हालेका हिमालय शाहले जिल्लामा ट्राफिक व्यवस्थापनका लागि विभिन्न योजनाहरु सार्वजनिक गरेका छन् ।

ट्राफिक व्यवस्थापनको चुनौति रहेको अटो, इरिक्सा व्यवस्थापनका लागि उपमहानगरपालिकासँग पहल गरेर दर्ता प्रक्रिया सुरु

शुक्रबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा ट्राफिक प्रहरी प्रमुख शाहले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनमा आफ्नो ध्यान रहने बताएका हुन् । त्यसक्रममा उनले ट्राफिक व्यवस्थापनको चुनौति रहेको अटो, इरिक्सा व्यवस्थापनका लागि उपमहानगरपालिकासँग पहल गरेर दर्ता प्रक्रिया सुरु भएको जानकारी दिएका थिए ।

नेपालगन्ज बजार क्षेत्रमा मालवाहक सवारी साधनहरु तोकिएको समयमा लोड, अनलोडका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने जानकारी दिंदै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख शाहले दुर्घटना न्यूनीकरणका लागि मापसे चेकिङ्गमा कडाई गर्ने, ट्याक्टरमा रिफ्लेक्टर स्टिकर टाँस्ने, अटो तथा इरिक्साको दायाँ साइडबाट मात्रै यात्रु ओर्लिन पाउने गरी व्यवस्थापन गर्ने बताएका थिए ।

ट्राफिक प्रमुख शाहले अन टेष्ट, नम्बर प्लेट स्पष्ट नभएका सवारी साधनहरुको नम्बर प्लेट दुरुस्त बनाउनका लागि पहल गर्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया