आजबाट जिल्लास्तरिय नकआउट फुटबल

आज शनिबारदेखि नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुसको २७ गते सम्म चल्ने अध्यक्ष भोजराज शाहीले बताए ।


प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिष्पर्धा गर्ने अध्यक्ष शाहीले जानकारी दिए । प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समुह ‘बी’ मा नेपालगन्ज–११, एफसी संघारी र सिद्धार्थ युथ क्लब रहेका छन । समुह ए र बी को विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछन ।


नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन आज दुइ वटा खेल हुने फुटबल प्रशिक्षक सानु तामाङले बताए । पहिलो खेलमा रोयल नेपालगन्ज र सिटी युथ बिच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल एफसी संघारी र नेपालगन्ज–११ बिच हुनेछ । यसैगरी आइतबार सिद्धार्थ युथ क्लबले एफसी संघारी र नेपालगन्ज–११ बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

प्रतिक्रिया