बहुउद्देश्यीय संघमा अधिकारी

जिल्लास्थित बहुउद्देश्यीय सहकारीहरुको संगठन, बहुउद्देश्यीय सहकारी संघको अध्यक्षमा भुपेन्द्र प्रसाद अधिकारी सर्वसम्मत निर्वाचित भएका छ । शुक्रवार भएको साधारण सभाले आगामी चार वर्षका लागि अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

संघको उपाध्यक्षमा नारायणी घिमिरे, सचिव हरि प्रसाद चालिसे र कोषाध्यक्षमा कमला कान्ति पौडेल निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरु माया गौतम, तेज कुमारी वली, कृष्णा खत्री, लेखा समिति संयोजक डुम्रेन्द गोसाईं सदस्य निर्मला न्यौपाने शर्मा निर्वाचित भएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

अध्यक्ष अधिकारीका अनुसार, जिल्लामा रहेका ९१ बहुउद्देश्यीय सहकारी मध्ये संघमा आबद्ध ७८ सदस्य संस्थाहरुको प्रतिनिधित्व बहुउद्देश्यीय सहकारी संघले गर्दै आएको छ ।


संघका निवर्तमान अध्यक्ष बल बहादुर खड्काको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले सहकारीलाई आम सदस्यहरुकै आर्थिक गतिविधिमा स्तरवृद्धिको सहयोगी बनाउन अपील गरे ।

प्रतिक्रिया

प्रतिक्रिया