फेरि सर्यो काँग्रेस अधिवेशन

नेपाली काँग्रेस बाँकेको जिल्ला अधिवेशन फेरि पनि सरेको छ । बाँके सहित १६ जिल्लाको जिल्ला अधिवेशन आगामी पुस २७ गते गरिने भएपनि नेपाली काँग्रेसको केन्द्रीय समितिले आगामी माघ १५ गतेका लागि जिल्ला अधिवेशन सार्ने निर्णय गरेको हो ।

यसपटकलाई आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनलाई जिल्ला अधिवेशन गर्न नसकिने कारण बताइएको छ । पार्टी केन्द्रका निर्वाचन सचिव केशव रिजालले प्रेस विज्ञप्तिमार्फत पुस २७ गते गर्ने भनिएको जिल्ला अधिवेशन माघ १५ गते शनिबार गरिने जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया