नेपाल–भारत नाकाको जमुनाहमा एकै दिन ९ जना नेपाली पोजेटिभ फेला परेका छन् । कोलिकोट, सुर्खेत लगायतका जिल्लाका भारतबाट आएका नेपालीलाई चेकजाँच गर्दा पोजेटिभ फेला परेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले लामो समयपछि एकै दिन नाकामा ९ जना पोजेटिभ फेला परेको जानकारी दिए । उनीहरु भारतको दिल्ली, गुजरात र हरिद्वार लगायतका ठाउँबाट नेपाल फर्किएका थिए ।
सबैलाई उपचारका लागि भेरी अस्पताल नेपालगन्ज लगिएको छ । सबैमा गम्भीर स्वास्थ्य समस्या भने अहिले नदेखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।