फेब्रिक इन्डष्ट्रिजमा आगलागी, चार करोडबढीको क्षति दाबी

लुम्बिनी फेब्रिक इन्डष्ट्रिज प्रा.लि. मा शुक्रबार राती आगलागी भएको छ । आगलागीबाट चार करोड बढी क्षति भएको उद्योग सञ्चालक कस्मिरा खातुनको अनुमान रहेको छ ।

‘आगलागीले उद्योगमा रहेका मेसिन, कच्चा पदार्थ तथा तयारी कपडा खरानी भएको छ’, उद्योग सञ्चालक खातुनले भनिन्, ‘आगो निभाउने प्रयास गरेपनि निभाउँदा सम्म करोडौंको क्षति भयो ।’

नआत्तिन कर्मचारीलाई सान्त्वना दिइरहेकी खातुनले रोइरहेका महिला कर्मचारीलाई भनिन्, नरुनु, हामी फेरि उठेर उद्योग सञ्चालन गर्ने हो, मनोबल बलियो बनाऔं ।’

१४÷१५ देखि कपडाको काम गर्दै आएकी खातुनले गत बर्षदेखि लुम्बिनी फेब्रिक इन्डष्ट्रिज प्रा.लि. दर्ता गरेर उद्योग सञ्चालन गरेकी थिइन् । उद्योग भित्र र बाहिर गरी हाल १ सय जनाले रोजगारी पाएका थिए । जसमा अधिकांस महिला रहेका छन् ।

उद्योगमा आगलागी भएर क्षति भएपछि कर्मचारीको रुवाबासी भएको थियो । महिला कर्मचारीहरु आफुले चलाउँदै आएका मेसिनहरु हेर्दै भक्कानिएका थिए । उद्योग सञ्चालक खातुन पनि भावव्हिल रहेकी थिइन् । नआत्तिन कर्मचारीलाई सान्त्वना दिइरहेकी खातुनले रोइरहेका महिला कर्मचारीलाई भनिन्, नरुनु, हामी फेरि उठेर उद्योग सञ्चालन गर्ने हो, मनोबल बलियो बनाऔं ।’

प्रतिक्रिया

प्रतिक्रिया