बाँकेमा बहुधार्मिक गोष्ठी

नेपालगन्जमा बहुधार्मिक गोष्ठीको आयोजना गरिएको छ । शान्ति, सामाजिक सद्भाव र मानवताको सन्देश दिने आशयले अन्तर्राष्ट्रिय बहुधार्मिक गोष्ठीको आयोजना गरिएको हो । विभिन्न धर्मका धर्मगुरु र विभिन्न समुदायको सहभागिता रहेको कार्यक्रम मानवताका लागि आदर्श सैय्यदा फातिमाको आयोजना उनको जन्मोत्सवको अवसर पारेर गरिएको हो ।

अधिकारकर्मी शाहिदा शाहको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि इरानबाट मौलाना मेहन्दी मुसावी, प्रमुख अतिथि भारतका याकुब अब्बास, अतिथिमा वागेश्वरी मन्दिरका महन्त चन्द्र नाथ योगी, मौलाना मन्सूर आरफी, इसाई धर्मगुरु डम्मर बहादुर थापा, शिख धर्मगुरु , अब्दुल हमीद सिद्दीकी, मौलाना कलीम आरफी लगायतले महिला अधिकार र महिला सशक्तीकरण बारे बोलेका थिए ।
इरानका मौलाना मुसाबीले इस्लामले महिलालाई घरको पर्खाल भित्र कैद गर्ने आदेश नदिएको बताउँदै भने, ‘बरु उसको क्षमता दक्षता अनुसार पुरुष सरह समुदायमा योगदान पुर्याउन अनुमति दिएको छ, जसको प्रष्ट उदाहरणका रुपमा पैगम्बर मुहम्मद स.अ. की पत्नी हजरत खतिजा रजि.लाई हेर्न सक्छौ औ उहाँ अरबकै सबभन्दा ठुलो व्यापारी हुनुहुन्थ्यो । हामीले पनि महिलालाई अवसर र शिक्षा दिनुपर्छ ।’

भारतका अब्बासले भने, ‘छोरीको आगमन हुँदा उठेर सम्मान गर्ने शिक्षा दिनुभएको छ हाम्रा पैगम्बरले हामीले पनि आफ्नो छोरीहरुलाई मान सम्मान शिक्षा र अवसर आदि दिनुपर्छ ।’ यस्तै हिन्दु धर्मगुरु चन्द्र नाथ योगीले सबैको भलो गर्नु नै वास्तवमा असल धर्म भएको बताए ।
यसैगरी कार्यक्रम विभिन्न कवि र शायरहरु पनि आएर सैय्यदा फातिमा स.अ. को शान र गरिमा बढाउने खालका मनकबत रचनाहरु पढेर सुनाएका थिए ।

कार्यक्रमका अध्यक्ष शाहिदाले भनिन्, ‘हामी जब मानवताको कुरा गर्दैछौं तब हामीले धेरै गर्नु पर्दैन्, स्कुलबाट फर्किने बालबच्चालाई सोध्न सुरु गनुर्स् कि आज मेरो बच्चाले कसको भलो गर्यो कसका लागि सहजता सृजना गर्यो । कसको मुखमा हाँसो ल्याउन सक्यो । अनि हेर्नुहोला तपाईको बच्चा एक मानवताको उदाहरण बन्ने छ ।’

कार्यक्रमको आयोजना इस्लामिक वल्ड फेडरेशन र नेपाल मुस्लिम महिला समाजले गरेको थियो । सामाजिक सद्भावका लागि इस्लाममा महिला अधिकारका बारेमा सबैमा साझा बुझाई कायम गर्न÷गराउनका लागि डा. जैनूल आबेदीन, मेराज हिमालय र हाजी अब्दुल हमीद सिद्दीकी, आदिल नेपाली लगायतका व्यक्तिहरुले भूमिका खेलेको डा. जैनुल आबेदीनले दैनिक नेपालगन्जलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया