उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका वरिष्ठतम न्यायाधीश डा. रत्न बहादुर बागचन्दले फौजदारी न्याय सम्बद्ध निकायले मानव अधिकार सम्बन्धि अन्तर्राष्ट्रिय मापदण्ड र मार्ग निर्देशन अनुसार आफ्नो पदिय जिम्मेवारी बहन गर्न सके फौजदारी न्यायको सुढृढीकरण मद्दत पुग्ने बताएका छन् ।
एडभोकेसी फोरम नेपालले ०७८ पौष १५ गते नेपालगंजमा आयोजना गरेको फौजदारी न्यायमा मानव अधिकारको सवाल बिषयक परामर्श बैठकलाई सम्बोधन गर्दै न्यायाधीश बागचन्दले दवाव र प्रभावबाट मुक्त भइ राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनी मापदण्ड चेकलिष्टको रुपमा लिई फौजदारी न्यायका मान्य शिद्धान्तको अनुसरण गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा अवधारणपत्र प्रस्तुत गर्दै वरिष्ठ न्यायाधीश बागचन्दले फौजदारी न्याय सम्पादनमा अनुसन्धान गर्ने प्रहरी, अभियोजन गर्ने सरकारी वकिल र फैसला गर्ने न्यायाधीशले न्यायको भ्रुण हत्या हुने गरि कार्य हुन नदिन सचेत हुनु पर्ने बताएका थिए ।
कार्यक्रममा एडभोकेसी फोरमका प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले फौजदारी न्यायका मान्य शिसान्त बमोजिम यातना रहित अनुसन्धान, थुनुवाको स्बेच्छिक बयान, कानून ब्यवसायीसंग थुनुवाको पहुँच लगायत स्वच्छ सुनुवाईको सुनिश्चिता गर्न सके हिरासत, कारागार र बालसुधार गृहमा रहेका थुनुवा, कैदीबन्दी र बालबालिकाको आधारभुत मानव अधिकारको संरक्षणमा सहयोग पुग्ने बताए । अहिले पनि हिरासतमा गैर कानूनी थुना, यातना दिने क्रम नरोकिएको भन्दै गौतमले फौजदारी न्यायको सुदृढीकरणमा जोड दिए ।
कार्यक्रमा सहभागी फौजदारी न्याय सम्बद्ध पदाधिकारीले हिरासतमा रहेका थुनुवा उपर मानवोचित ब्यवहार, कानून बमोजिमको पक्राउ, पक्राउ पुर्जी, स्वास्थ्य परिक्षण, म्याद थप, गैर कानूनी थुनाको रोकथाम, स्वतन्त्र बयान, यातना बिरुद्ध अधिकारको संरक्षण, पक्राउ परेकै अवस्थादेखि कानून ब्यवशायीसंगको पहुच, पारिवारिक भेटघाट, निर्दोशिताको अनुमान, गोपनियता लगायतका मानव अधिकारका सवालमा फौजदारी सम्बद्ध निकाय संवेदनशिल बन्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीश टेक प्रसाद ढुंगानाले फौजदारी न्याय सम्पादनमा हामी कस्ता देखियौ भन्ने कुराको बेसलाई सर्भे गरि सम्बद्ध पक्षले आफ्ना कमी कमजोरी सुधार्न सके फौजदारी न्यायको सुढृढीकरण र मानव अधिकार संरक्षणमा मद्दत पुग्ने बताए ।
कार्यक्रममा बोल्दै बाँके जिल्ला अदालतका माननीय न्यायाधीश खडानन्द तिवारीले अपराध अनुसन्धान गर्ने छुट्टै टोली हुनु पर्नेमा जोड दिदै भौतिक प्रमाणको संकलन, साक्षी परिक्षण लगायत स्वच्छ सुनुवाईमा सबैले ध्यान पु¥याउनु पर्ने बताए ।
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले फौजदारी न्यायको मान्य सिद्धान्तको पालना र स्वच्छ सुनुवाईका लागि आफु प्रतिवद्ध रहेको बताए ।
जिल्ला सरकारी वकिल कार्यालय बाँकेका सहायक जिल्ला न्यायाधीवक्ता निशा कुसुम पौडेलले फौजदारी न्यायका मान्य सिद्धान्तहरुको परिपालना र थुनुवको आधारभुत मानव अधिकार सवालमा आफुहरु संवेदनशिल रहेको बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँके मुद्दा फाटका प्रहरी निरिक्षक खिम बहादुर घर्तिले फौजदारी न्यायको मान्यता सिद्धान्तको परिपालना र मानव अधिकार सवालमा प्रहरी संगठन संवेदनशिल रहेको बताएका थिए ।
नेपाल बार एशोसिएसनका केन्द्रीय उपाध्याय सुनिल कुमार श्रेष्ठले फौजदारी न्यायको परिपालना र मानव अधिकारका सवालमा सबैको जिम्मेवारी रहने बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता श्याम गौतम, अधिवक्ताहरु सुरेश कुमार गौतम, बिश्वजित तिवारी, तिर्थराज ज्ञवाली, नेपालगन्ज उच्च बार पूर्व अध्यक्ष लोक बहादुर शाह लगायतका कानून ब्यवसायीहरुले नेपालगन्ज उच्च अदालतले क्षमता भन्दा बढी कैदीबन्दी थुनुवाको समुचित ब्यवस्थापन र मानव अधिकारका सवालमा आदेश दिएको भएता पनि त्यसको पालना नभएको, पक्राउ परेकै अवस्थादेखि थुनुवाको कानून ब्यवसायीसंगको पहुँच पुग्न नसकेको, प्रहरी र अदालत काउन्सिलिङ्ग कक्षको ब्यवस्था हुन नसकेको भन्दै सुधारको आवश्यकता रहको बताएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा इजलासको ब्यवस्था नभएको, जिल्ला प्रहरी कार्यालय बाँकेमा कानूनी बिवादमा रहेका बालबालिका राख्ने निगरानी कक्ष नहुँदा ठुला ठुनुवासंगै हिरासतमा राख्ने गरिएको, मागदावी लिदा अधिकतम सजाय लिने गरिएको,आदेश गर्ने बेला न्यायालयले पनि यत्रो माग दावी छ कसरी छाड्ने भन्ने प्रबृत्ति देखिएको भन्दै सुधारको आवश्यकतामा जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगंग कार्यालय नेपालगंजका प्रमुख झंकर बहादुर रावलले क्राईम सिन अनुसन्धान र न्यायमासुधा हुनु पर्ने बताएका थिए ।
बालसुधार गृह बाँकेकी इन्चार्ज बिमला काउचा मगरले बाँकेको बालसुधार गृहमा क्षमता भन्दा बढी बालक हँुदा त्यहाँ रहेका बालकको अवस्था दयनिय भएको, बालकहरुलाई असुबिधा भएको, एउटै कोठामा जाडोमा कठ्ङ्गरिएर बस्न बाध्य भएको जानकारी गराएकी थिइन् ।