अझैपनि बनेनन्, ‘अपाङ्गतामैत्री सार्वजनिक संरचना’

भवन आचार सहिंता अनुरुप अपाङ्गता, बालबालिकामैत्री संरचना निर्माणमा संवाद


बाँकेमा सरकारी भवनहरु निर्माण गर्दा अझैपनि अपाङ्गता मैत्री नभएको भन्दै दबाब बनाउन थालिएको छ । भवन आचार सहिंतामा अपाङ्तामैत्री हुनुपर्ने प्रष्ट भएपनि त्यसअनुसार नभएको भन्दै दबाब थालिएको हो ।
‘अधिकांस भवन÷संरचनाहरु भवन आचार सहिंतामा अनुरुप नभएको पाइएको छ,’ अपाङ्गतामैत्री भवन निर्माण नहँुदा अनेकन समस्या व्यवहोर्न बाध्य हुनु परिरहेको भन्दै बुधबार नेपालगन्जमा सम्वद्ध सरोकार अधिकारीसँग अन्तरसंवाद आयोजना गरेको संवाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले भने ।


अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङगीमैत्री भवन संरचना निर्माणका लागि संवाद सहजीकरण बढाइएको जानकारी दिंदै सहजकर्ता चौलागाईंले जनप्रतिनिधि, भवन निर्माण सरोकार निकायका अधिकारी, अपाङ्गता, बालबालिका क्षेत्रका प्रतिनिधि सहभागिता रहेको अन्तर संवाद बैठकमा सहभागी अधिकांसले भवन संहिता कार्यान्वयनमा तदारुकता नदेखाइनुले अपाङगमैत्री भवन निर्माणमा समस्या देखिएको जानकारी दिए ।


अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ मा सरकारी भवन अपाङ्गता भएका व्यक्तिका लागि सूचना सेवामा समेत पहुँच अभिबृद्धि गर्ने व्यवस्था उल्लेख गरिएको छ । ‘सर्वसाधारणलाई खुल्ला गरिएका व्यावसायिक तथा आवासीय भवन, होटल तथा रेष्टुरेण्ट, एटिएम बैंकिङ सेवा जस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त स्याम्प, लिफ्ट, ढोका, झ्याल, गाइडिङ ब्लक र ब्रेल समेतको व्यवस्था गरिनुपर्ने व्यवस्था छ । शैक्षिक संस्था, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सडक, सडक पेटी, यात्रु प्रतिक्षालय, पार्किङ्ग स्थल, मनोरञ्जन स्थल, सम्मेलन केन्द्र, सिनेमा हल जस्ता सार्वजनिक स्थल त्यसरी संहिता अनुसार बनाइनुपर्नेमा बाँकेमा निकै समस्या रहेको देखिन्छ ।,


सम्वद्ध सरकारी कार्यालय, गाउँपालिकाको कार्यालय तथा नगरपालिकाको कार्यालयहरुले नक्शा पास तथा इष्टिमेटहरु गर्दा भवन सहिंता प्रभावकारी कार्यान्वयन नगरेपछि सरोकारवालाबीचको समन्वय र संवादमार्फत दवाव सिर्जना गरिएको सहजकर्ता चौलागाईंले बताए ।
संघीय आयोजना कार्यान्वयन इकाईका इन्जिनीयर सुदिप झाले अपाङ्गतामैत्री भवन निर्माणमा कानूनी र प्राविधिक समस्या भन्दा सकारात्मक साेंचको अभाव नै प्रमुख समस्याका रुपमा रहेको धारणा राखे ।


नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनीयर सुरज शर्माले भवन सहिंता अनिवार्य लागु गर्नु पर्ने बाध्यात्मक स्थिति नहँुदासम्म समस्या यथावतै रहन सक्ने चुनौती रहेको बताए । इन्जिनीयर शर्माले पछिल्लो चरण उपमहानगरपालिकाले संरचना निर्माण गर्दा अपाङ्गता, बालबालिकामैत्री संरचना निर्माणलाई प्राथमिकता दिएको जानकारी दिए ।


कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापाले अपाङ्गतामैत्री भवन निर्माणमा प्राविधिकहरु नै जिम्मेवार र प्रतिबद्ध हुनु पर्ने बताइन् । खजुरा गाउपालिकाकी उपाध्यक्ष एकमाया विकले सरकारी नियामानुसार कम बजेटमा संरचना निर्माण गर्नु पर्दा मैत्रीपूर्ण भवन निर्माणमा समस्या देखिएको सुनाइन् ।

राष्ट्रिय अपाङ महासंघका सचिव भावुकजंग थापाले उपमहानगरपालिका लगायत सरकारी कार्यालयले अपाङ मैत्री संरचनामा संवेदनशीलता नअपनाउदा दीर्घकालीन रुपमै समस्या उत्पन्न भइरहेको धारणा राखे ।
तेस्रो लींगी प्रतिनिधि शिला गुरुङले कुनै पनि भवन र संरचनामा सबैको सहज पहुँच हुनुपर्ने अधिकार भएपनि तेस्रो लिंगीहरुलाई त कुन शौचालय जाने भन्ने नै समस्या भइरहेको सुनाइन् ।

प्रतिक्रिया

प्रतिक्रिया