गैर सरकारी संस्था महासंघ नेपाल बाँकेले सोमबार सामाजिक अभियन्ताहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

महासंघ बाँकेले महासंघको १० औं महाधिवेशनबाट केन्द्रीय सदस्य पदमा निर्वाचित गैससकर्मी धर्मलाल रोकाय, भारतमा ‘डा अम्बेडकर विशिष्ट सेवा पुरस्कार–२०२१’ बाट सम्मानित सामाजिक अभियन्ता मिना पराजुली, ‘डा अम्बेडकर सेवा पुरस्कार–२०२१ बाट सम्मानित सामाजिक अभियन्ता रवि तुलाधार र डा अम्बेडकर कलाश्री सेवा पुरस्कार–२०२१ बाट सम्मानित सामाजिक अभियन्ता बेद प्रकाश शर्मालाई स्वागत, सम्मान गरेको हो ।
महासंघका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै गैसस महासंघ नेपालका केन्द्रीय सदस्य धर्मलाल रोकायले सामाजिक मुद्धामा कटिबद्ध भएर अघि बढ्ने बताए ।
कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता मिना पराजुलीले सामाजिक कार्यमा लागिरहँदा अन्तराष्ट्रिय सम्मान प्राप्त गरेकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा सामाजिक अभियन्ता रबि तुलाधर लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव आशिष बर्माले गरेका थिए ।