बालबिबाह अन्त्य गर्न राष्ट्रिय कार्ययोजना बनाउन दवाव, मन्त्रीलाई ज्ञापन पत्र

बालविवाह अन्त्यका लागि नेपाल सरकारले राष्ट्रिय कार्ययोजना तयार गरी कार्यान्वयन गर्न दवाव दिने उद्देश्यले बाँके र बर्दियाका सरोकारवालाले संघीय मन्त्रालयमा पुगेर सरकारको ध्यानाकर्षण गराएका छन् ।
त्यस कार्यक्रममा बर्दिया जिल्लामा बालबिबाह, छिटो हुने बिबाह र जबरजस्ती गरिने बिबाह रोकथामका लागि बाँके युनेस्को क्लबले गरेका कार्यहरुको बिषयमा बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक महेश नेपालीले प्र्रस्तुुति गरे ।
स्थानीयतहले सो सम्बन्धमा गरेका कार्यहरुको प्रस्तुति नेपालगन्ज उपमहानगरपालिका सामाजिक बिकास महाशाखा प्रमुख शोभा शाह र गुुलरिया नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुुख शिला शाहले गरेका थिए ।
त्यसैगरी राष्ट्रिय बालअधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल र सिजपका कार्यकारी निर्देशक मधु दवाडीले पनि मन्त्रालयले बालअधिकार प्रवद्र्र्धनको लागि यथोचित बजेटको तर्जुमा गर्नु पर्ने र बालबिबाह अन्त्यका लागि राष्ट्रिय कार्ययोजना तयार गरी कार्यान्वयन गर्न दवाव दिए ।
कार्यक्रममा बर्दिया जिल्लामा बाल हेल्पलाइन १०९८ संचालनका लागि मन्त्रालयले स्वीकृति दिनुपर्ने लगायतका बिषयमा घनिभुत रुपमा छलफल भएको बाँके युनेस्को क्लबले जनाएको छ ।
बालबिबाह अन्त्यका लागि आबश्यक कानुनी तथा कार्यक्रमगत ब्यबस्था गर्न र लागि राष्ट्रिय कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने तथा समग्र बालअधिकार प्रवद्र्धनमा राज्यको ध्यानाकर्षण गराउन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई २१ बूँदे ध्यानाकर्षण पत्र समेत बुझाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका सामाजिक बिकास प्रमुख शोभा शाह र गुलरिया नगरपालिकाका महिला, बालबालिका शाखा प्रमुख शिला शाहको उपस्थितिमा बाँके युनेस्को क्लबका उपाध्यक्ष पञ्चम गुरुङ्ग र सिजपका कार्यकारी निर्देशक मधु दवाडीले मन्त्री रेग्मीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
सो बैठकमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव उमेश ढुंगाना, उपसचिव शान्तिराज प्रसाई, महिला बिकास अधिकृत सावित्रा शाह लगायतको टिम नै सहभागी भएको थियो ।
त्यसै गरी संघीय मामिला मन्त्रालयका उपसचिव बाबुराम भुषाल, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेल, नेपालगन्ज उपमहानगर पालिकाका सामाजिक बिकास शाखा प्रमुख शोभा शाह, गुलरिया नगरपालिकाका महिला बालबालिका शाखाका प्रमुख शिला शाह, सिजपका कार्यकारी निर्देशक मधुु दवाडी, बाँके युनेस्को क्लबका उपाध्यक्ष पञ्चम गुरुङ्ग र कार्यक्रम संयोजक महेश नेपालीको बैठकमा सक्रिय सहभागिता रहेको थियो ।