
सुदुर पश्चिम साइकल पर्यटन यात्रा –२०७८ आयोजनाको सन्दर्भ देखि नै फारवेस्टर्न राइडरका अध्यक्ष भरत बिक्रम शाहजी सङ्ग यस सम्बन्धी छलफल भैरहेको थियो, पुष ३,४ र ५ कार्यक्रमको आयोजना गर्ने मिति टुङ्गिए सङ्गै भरतजीले फोन गरेर निमन्त्रणा मात्रै गर्नुभएन अन्य देश भित्र र बाहिरका साथीहरूलाई समेत कार्यक्रम बारे जानकारी गराइदिन र निमन्त्रणा गर्ने अवसर पनि दिनुभयो ।

सुदुरपश्चिमको ठुलो शहर धनगढीबाट सुरु हुने साइकल यात्रामा देशभर र भारत हरियाणा, बिहार, नोयडा, बरेली र नैनितालबाट एकसय बढी साइकल यात्रीहरु धनगढी पुग्दै गर्दा नेपालगन्ज साइक्लिङ क्लबको प्रतिनिधित्व गर्दै मेरो नेतृत्वमा ९ सदस्यीय टिम सहित हामी धनगढी पुग्यौं जसमा गगन सिंह थापा, प्रदीप सापकोटा, राजेश गुप्ता , बाबुराम बिश्वकर्मा, दिपक मल्ल, पंकजमान श्रेष्ठ, किरण श्रेष्ठ र लाक्पा शेर्पाले सहभागी हुनुहुन्थ्यो ।
पुस ३ गते साइकल यात्रीहरु बिहान ७ बजे कार्यक्रम स्थल पुग्दै गर्दा बढो रमाइलो र एउटा फरक माहोल देखिन्थ्यो अहिलेसम्म देशभर भैरहेका र भैसकेको साइकल यात्रामा फाट्टफुट्ट मात्रै मन्त्रीहरूलाई र उपल्लो तहका कर्मचारीहरु देखिने हुन्थ्यो तर पुस ३ को साइकल उत्सव धनगढीमा त मन्त्री नै मन्त्री मात्रै होइन सुपका मुख्य मन्त्री नै मन्चमा देखिनु भयो ।

औपचारिक कार्यक्रम सुरु हुनु पुर्व प्रदेश मन्त्री तारा बहादुर लामा सहभागी साउकलेहरुका साइकल हेर्दै, चढ्दै र त्यस बिषयमा चासोपूर्वक सवाल जवाफ गर्दै हुनुहुन्थ्यो मैले पनि त्यै मौकामा मन्त्री लामासङ्ग केही बेर गफिन पाएँ र साइकलका मुद्दामा बहस केन्द्रित गर्दै सडकमा साइकल लेन र साइकल मैत्री शहरका कुरा र आफ्नो अवधारणा राखँे ।
औपचारिक कार्यक्रम सुरुवात सङ्गै त्यहाँ सुपको प्रसिद्ध सखिया नृत्यले उल्लासपूर्वक साइकलेहरुको स्वागत गरेको थियो । कार्यक्रमलाई महत्व दिंदै हिन्दुस्तान बिहारकी साहसिक बैनी सबिताले एभरेस्ट समीटको नजिकैको तयारी छोडेर कार्यक्रममा सहभागी भइन्,चर्चित भ्लगर मानसी अग्रवालले दमदार टिप्पणी सहितको मन्तव्य राखिरहँदा हिन्दुस्तानबाट सहभागी हुन आएका बरेलीका रभिन्दर सिह ओभराय, सन्जीभ जिन्दल र नैनितालका पर्यटन ब्यबसायी समेत रहेका शैलेन्द्र शाह साइकलको माहोल देखेर निकै तारिफ गरिरहेका थिए । साइकल मेयर समेत रहेका नोयडा हिन्दुस्तान का ट्राभलर/भ्लगर दिपेन्दर सहेजपाल साइकलको माहोल देखेर निकै नै तारिफ गरिरहेका थिए ।

पहिलो दिन धनगढी देखि खानिडाडाः साइकल यात्राको पहिलो दिनको लक्ष्य धनगढी देखि खानीडाडा सम्मको थियो, निकै चुनौतीपूर्ण थियो यो रुट एकोहोरो सकिंदैन सकिने लगातारको उकालो यात्रा प्रारम्भ पूर्व नै त्यो उकालोको कल्पनाले पनि अत्यास लागिरहेको थियो भने यस्तो साहसिक र रोमाञ्चक साइकल यात्राको आयोजना गर्ने सुदुरपश्चिम प्रदेश सरकार पर्यटन मन्त्रालय र समन्वय गर्ने फारवेस्टर्न राइडरलाई मनैदेखि धन्यवाद दिंदै थिए साइकलेहरु ।
धनगढी देखि केहिबेरको साइकल यात्रा पछि हामी गोदावरी स्थित गोदावरी रिसोर्टमा ब्यबस्थापन गरिएको दिवा खानामा सहभागी भयांै र फेरि खानिडाडा तर्फ उकालो उक्लिएऔं । लगातारको एकोहोरो उकालो मात्रै झुक्याएर पनि ओरालो ( डाउनहिल) भेटिएन मलाई घुडाको समस्या थियो तर पनि मेरै अगाडि सुदुरपश्चिमको साहसिक ११ बर्षीय बाबू रमित भट्ट मज्जाले पेडलिङ्ग गर्दै उकालो काट्दै गरेको देखेपछि मेरो पेडल रोकिनै सकेन बिस्तारै बिस्तारै बाटोमा देखिने मनमोहक दृश्यहरु हेर्दै मनमस्तिष्कमा ती रमाइला यादहरु कैद मेरो साइकलका टायरहरु धिमा गतिमा अगाडि बढिरहे ।

काठमाडौ, भक्तपुर र ललितपुर अनि नवलपरासी, बुटवल र दाङ र स्थानीय धनगढीका साइक्लिस्टहरु साथै हिन्दुस्तानबाट आएका साइकल यात्रीहरुसङ्ग साक्षात्कार गर्दै , चेनको सम्बन्ध जोड्दै ‘सम्बन्ध जोड्दै, साइकल गुडाउँदै’ खानीडाडा पुग्दै गर्दा म सबैभन्दा अन्तिममा थिए खानीडाडामा बसोबासका लागी ब्यबस्थापन गरिएको सैपाल रिसोर्टमा पुगे। यो साझपनि निकै यादगार र रमाइलो भयो एकोहोरो उकालोमा पेडलिङ गर्दा थाकेको शरीर र दुखेको खुट्टा सबै ठिक भए सामुहिक रूपमा स्वतस्फूर्त भएको साङ्गीतिक र नाँचगान को माहोलले ।
बिहान् खाना पछि नै खानीडाडाबाट बुडरका लागि निस्कने आयोजकको सेड्युल अनुसार बिहान् अबेर उठे म त्यसको पछुतो पनि केहि भयो खानीडाडाबाट थुप्रै साथीहरूले देखेको सुन्दर सुर्योदयको नजारा यो पटक लाई छुट्यो मेरो साथीहरूले कैद गरेका सुर्योदयका सुन्दर छटाहरुको फोटो र भिडियो हेरेर चित्त बुझाए तर खानीडाडाबाट देखिने सुर्योदयको टाइमलेप्स लिन चुकेकोमा पछुतो लागिरह्यो ।
दोश्रो दिन खानीडाडा देखि बुडर सम्म ः पहिलो दिनको अत्यास लाग्दो एकोहोरो उकालोले कायल परेका साइकलेहरु दोश्रो दिन ‘भासुकोभिर’ नाम सुनेर नै तर्सेका थिए तर गफ्फिदै रमाउँदै फोटो खिच्दै बाटोमा भेटिने केटाकेटीहरु सङ्ग हेल्लो भन्दै हात हल्लाउँदै बाटो सोधखोज गर्ने स्थानीयका यात्रा बिषयका जिज्ञासा मेटाउँदै बिस्तारै बिस्तारै पेडलिङ्ग गर्दै गर्दा मज्जाले काटिएछ भासुको भिर पनि जसको सम्झदै ठुलो पिर थियो ।

फाल्तडेका सुन्तला राखेर साइकलेहरुलाई स्वागत गर्न बसेका स्थानीयको प्रेम र सम्मानले कसको मन फुरुङ्ग भएन होला र ? हिन्दुस्तानबाट आएका साथीहरू त यस्तो ठाउँ ठाउँमा भैरहेका स्वागत देखेर कायल नै परे । सुदुरपश्चिमको स्पेसल परिकार जुन सम्भवत कर्णाली पुल काटेर पुर्व लागेपछि कहिँ भेटिदैन थाकेको र भोक लागिरहेका बेला ‘ढुङ्गा खोज्दा देउता’ मिलेझैं भयो अर्थात् ‘गतानिडुब्का’ को स्वाद अझै पनि मुखमा झुन्डिरहेको छ जुन गहत को दालको झोलमा मासको फुलौरा मिसाएर पकाइन्छ ।
यसरी बिचमा स्वागत सम्मान र चिया पानी पिउँदै पिउदै हामी समयमै बुडर पुगियो यो हाम्रो साइकल यात्राको अन्तिम डेस्टीनेसन थियो तर हाम्रो कार्यक्रम सकिएको थिएन यति गर्दा ३ र ४ गते को कार्यक्रम सकिएपनि औपचारिक कार्यक्रमको अन्तिम भने ५ गते थियो ।
बुडरमा आयोजकले स्थान अभाव का कारण सबै साइकल यात्रीलाई एउटै रिसोर्टमा बसोबासको ब्यबस्थापन गर्न नसके पनि बजार वरिपरि रहेका झन्डै आधा दर्जन होटलहरुमा बसोबासको प्रबन्ध भयो यो यात्राले केहि न केहि मात्रामा भएपनि स्थानीय ब्यबसाय र आन्तरिक पर्यटन तरङ्गीत भयो ।
बुडरको रातपनि कम्ता रमाइलो भएन साइकलेहरु जहाँ जे जस्तो माहोल र अवस्थामा पनि रमाउने शैली एडजस्ट हुन सक्ने व्यबहार मैले अनुभूति गरेको छु, बुडर बजार वरिपरि बसेका सबै साथीहरू केहिबेर आराम गरेर खाना खाइसकेपछि एउटा होटल अगाडि जम्मा भैयो र फेरि शुरु भयो रमझम’ बजारका स्थानीय स–साना ( ८/१० ) बर्षका दुइटी नानीहरूले बेस्सरी नचाए साथ साथमा साइकलेलाई बडो रोमान्टिक महफिल जम्यो त्यहाँ घरी ‘सुदुरपश्चिमका देउडा त घरी ‘हुक्का बार’ देखि लोकगीतमा झन्डै मध्यरात्री सम्मै नाचे साइकलेहरु भासुको भिर मा पेडलिङ्ग गर्दाको थकाइ भुलाउँदै ।
तेस्रो दिन साइकल दौड देखि जोरायल झरना र छतिवन ताल सम्म ः तेस्रो दिन यो साइकल यात्राको अन्तिम दिन थियो कार्यक्रमको समन्वयकर्ता फारवेष्टर्न क्लबका अध्यक्ष भरत बिक्रम शाह र उपाध्यक्ष अनुप चौधरीले सहभागीहरुलाई अघिल्लो रात नै सबेरै उठेर जोरायल झरना पुग्ने जानकारी दिइसक्नु भएको थियो ।
सोही अनुसार साइकलेहरु बिहानै तयार भए अत्यन्तै मनमोहक ताल ‘छतिवन ताल’ र ‘जोरायल झरना’ मा साइकलेहरु निकैबेर रमाए सबैले सेल्फी, ग्रुप फोटो देखि भिडियो खिच्ने र टिकटक समेत बनाइरहेका थिए । केहि बेरको यी सबै अवलोकन पछि शुरु भयो साइकल रेस जसमा यो यात्रामा सहभागी हुने मध्यका सशस्त्र प्रहरी बल का लक्षमण मल्लले बाजि मार्दै प्रथम स्थान सुरक्षीत गरे भने सुरज राना दोश्रो र लक्ष्मी मगर तृतीय भएकी थिइन् फन राइड सङ्ग प्रतियोगिता लाई समेत जोडिदा यो इभेन्ट थप रोचक बन्यो ।
बुडर पर्यटन मन्त्री प्रेम आलेको गाउँ थियो आफ्नो घरको आगन छेउ देशभर र छिमेकी मुलुक हिन्दुस्तान बाट साइकल कुदाएर पुगेका साइकलेलाई हौसला दिन र आफ्नो आँगनमा अन्तिम दिन बिदाईका लागी स्वयं उपस्थित भए मन्त्री प्रेम आले, साइकल यात्रामा सहभागीलाई पर्यटन मन्त्रीले प्रमाणपत्र समेत वितरण गरे ।
सुदुरपश्चिम प्रदेश सरकार पर्यटन मन्त्रालयले आयोजना गरेको यो ‘साइकल पर्यटन यात्रा –२०७८’ सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनमा कोशेढुङ्गा बन्न सक्छ र अन्य प्रदेश सरकार र सरोकारवालालाई पक्कै पनि यो आयोजनाले सकारात्मक सन्देश प्रवाह गरेको छ । हामीले धनगढी, गोदावरी, खानीडाडा, भासुको भिर, बुडर, जोरायल झरना र छतिवन तालका नबिर्सिने यादहरु बोकेर फर्कियौं ।
(सतिश साइक्लिङ क्लब बाँकेका अध्यक्ष हुन् )