किन भेला हुँदैछन् पश्चिम नेपालका प्रजिअ बाँकेमा

पश्चिम नेपालका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी बुधबार बाँकेमा भेला भएका छन् । खासगरी सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारी नेपालगन्जमा भेला भएका हुन् ।

भारतीय सुरक्षा अधिकारीहरु र नेपाली सुरक्षा अधिकारीहरु सीमा सुरक्षा सम्बन्धी विषयमा नेपालगन्जमा भेला भएका हुन् । उनीहरुले सीमामा हुने अपराधिक घटना र त्यसको नियन्त्रणका लागि दुई देशका अधिकारीहरुले खेल्नुपर्ने भूमिका बारे छलफल गर्ने बताइएको छ ।

भारत यूपि, बिहारका नौ जिल्लाका सुरक्षा अधिकारी (डिएम), नेपालबाट नवलपरासी पश्चिमा सुरक्षा अधिकारी तथा प्रमुख जिल्ला अधिकारीको बैठकमा सहभागिता रहनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया