राप्तीनदीका कारण हुने कटान र डुबान नियन्त्रणका लागि तटबन्धनका लागि पहल सुरु भएको हो । राप्तीसोनारी गाउँपालिका वडा नं. २ को कचनापुर, टिकुली, मधुवा, हरिहरपुरमा राप्ती नदीको कटान र डुबान रोक्नका लागि पहल थालिएको हो । त्यसका लागि उक्त क्षेत्रमा प्राविधिक सहितको टोलीले अनुगमन गरेको छ ।

प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले कटान र डुबानलाई तटबन्ध गरी नियन्त्रण गर्नका लागि स्थलगत रिपोर्ट बनाउन एडीबी प्रोजेक्ट नदी नियन्त्रण सम्बन्धि फनडेडका बिनोद चापागाई, जनता तडबन्धन कार्यालयका डिजाइन इन्जिनियर टोपबहादुर खत्री, सुर्य देब नायक, प्रकाश राज शिवाकोटी सहितको टोलीले अनुगमन गरेको बताएकी छन् । ‘अनुगमनले सार्थकता पाउने कुरामा विस्वस्त भएकी छु,’ उनले भनिन् ।
