मणिप्रसाद गैेह्रे
पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा सिंचाईको अभावमा खेत बाझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् ।

‘नेपालका जग्गा जमिन सिचाई भएपछि मात्र भारतलाई पानी दिन सकिनेछ,’ नेकपा एमाले कलिवस्तुले बहादुरगन्जमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले पानीको सदुपयोगका लागि आवश्यक नीतिमा जोड दिएका हुन् । ‘यता नेपाल तर्फ जमिन बाँझो छ, उता भारत तर्फ सिंचाई गरेर खेती भइरहेको छ यो कदापी हँुदैन’, कपिलवस्तुमा कृषि सिंचाईको लागि नौमुरे योजना छिट्टै सुरु हुने विश्वास दिलाउँदै अध्यक्ष ओलीले भने ।
नौमुरेको पानी कपिलवस्तु आएपछि कपिलवस्तु जिल्लामा सिंचाई भई उत्पादन हुने र भारत तर्फ पनि सिंचाईको लागि पानी जान सक्ने पूर्व प्रधानमन्त्री ओलीको भनाइ छ । अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेको दावी गरे ।
अध्यक्ष ओलीले हुलाकी राजमार्ग निर्माणको विषयलाई निकै चासोपूर्वक लिएका छन् । आफू प्रधानमन्त्री हुँदा कपिलवस्तुको तौलिहवा जस्तो शहरलाई ५० लाख रकम बिनियोजन तथा सडक पुर्वाधारको लागि रकम बिनियोजन स्मरण गर्दै ओलीले जनता आवास कार्यलाई निरन्तरता दिई फुसको छानो मुक्त गाउँ विकासका लागि स्थानीय तह एवम् पालिकालाई अनुरोध गरे ।
एमालेमा प्रवेश गरेका नेता मंगल प्रसाद गुप्तालाई स्वागत गरेका अध्यक्ष ओलीले एमाले गरिब दुखिको पार्टी भएकोले एमालेमा प्रवेश गर्नेको जनलहर बढेको दावी गरे ।
कर्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देउवा सरकार चुनावबाट डराएको टिप्पणी गर्र्दै भने, हामी जनतामाँझ जान चुनाव भरिहेका छौं । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोख्रेलले केपी ओली सरकार भएको समय विकासको लहर चलेको बताए ।
कपिलवस्तु–जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य एमालेमा प्रवेश गरेका छन् । आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको नेता गुप्ताले बताए । विभिन पार्टी परित्याग गरि करिब ६ हजार बढि कार्यकर्ता आफ्नजो पार्टीमा प्रवेश गरेको नेकपा एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले जानकारी दिए ।