छुट निर्णय कार्यान्वयन माग्दै विद्यार्थीको धर्ना

यातायात कार्यालय नेपालगन्जबाट प्रदान गरिने सेवा सुविधामा छुट माग्दै विद्यार्थीहरुले यातायात कार्यालय नेपालगन्जमा सोमबार धर्ना दिएका छन् । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरुको माग पुरा गराउन यातायातमा भर्ना दिएका हुन् ।

छुट निर्णय कार्यान्वयन माग्दै यातायात कार्यालयमा विद्यार्थीको धर्ना । (तस्विरः हारुन कबीर /दैनिक नेपालगन्ज)

विद्यार्थीहरुले यातायात कार्यालय नेपालगन्जबाट प्रदान गरिने सेवामा ४५ प्रतिशत छुटको व्यवस्था गर्न माग गरेका छन् । उनीहरुले जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई ५० प्रतिशत छुटको माग गरेका छन् ।

सरकारले यातायातका साधनमा विद्यार्थी र ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई छुट दिने व्यवस्था गरेपनि बाँकेमा कार्यान्वयन नभएपछि विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरुले आफ्ना माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया