इलेक्ट्रिसियन एशोसिएसन बाँकेको अध्यक्षमा दिपक कुमार उपाध्याय खनाल निर्वाचित भएका छन् । खनालको अध्यक्षतामा बनेको १७ सदस्यीय नवनिर्वाचित कार्यसमिति सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता इश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए ।

अधिवक्ता ज्ञवालीका अनुसार, अम्मर बहादुर ओली उपाध्यक्ष, डम्बर बहादुर एरी क्षेत्री सचिव, बुद्धि बहादुर वली कोषाध्यक्ष र विष्णु बहादुर शाही सहसचिव छन् ।
कार्यसमिति सदस्यहरुमा जग बहादुर माझी, छविलाल चलाउने, पूर्ण बहादुर गुरुङ्ग, प्रेम घर्ती, मोती प्रसाद सापकोटा, वीमल कुमार उपाध्याय, देवी प्रसाद थारु सर्वसम्मत भएका छन् । त्यस्तै, नवनिर्वाचित कार्यसमिति सदस्यमा सोमराज चौधरी, पूर्ण बहादुर राना, सरदार अली भाट, धनीराम खत्री र हरि प्रसाद खदाल सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत ज्ञवालीले दैनिक नेपालगन्जलाई जानकारी दिए ।
‘प्रदेशका प्रत्येक घरमा विद्युत पुर्याउने योजना’