
प्याब्सन बाँकेको अध्यक्षमा यम बहादुर रावत सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको प्याब्सनको १५ जिल्ला अधिवेशनले रावतको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा मनोज कुमार, शरदचन्द्र रावल, सचिवमा रोशन श्रेष्ठ, कोषाध्यक्षमा नारायण दत्त उपाध्याय, सहसचिवमा लक्ष्मण बहादुर सिंह, सहकोषाध्यक्षमा नरेन्द्र कुमार झालाई सर्वसम्मत निर्वाचित गरेको हो । अधिवेशनले सदस्यहरुमा लक्ष्मी गुप्ता, दिप कुमार गुप्ता, प्रविन गिरी, गणेश रुचाल, सहेन्द्र चौधरी, अब्दुल गफ्फार खाँ, ओपेन्द्र केसी, ठगीराम दमाई लगायतलाई चयन गरेको छ ।
त्यसअघि प्याब्सन अध्यक्ष राजेन्द्र आचार्यको अध्यक्षतामा भएको औपचारिक कार्यक्रम बीच प्रमुख अतिथि पूर्व अध्यक्ष डा. राजेशकेशर खनालले अधिवेशन उद्घाटन गर्दै शैक्षिक क्षेत्रका समग्र सवाल र निजी शैक्षिक क्षेत्रको भूमिका बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि शिक्षा समन्वय इकाइ बाँकेका प्रमुख राम सुरेश यादव, डा. राजकुमार सुवेदी, ऋषिकेश जिसी, विद्यामानराज भण्डारी, सुदर्शन घिमिरे, पत्रकार कमल डाँगी लगायतले बोलेका थिए ।