बैवाहिक समारोहमा विवाद प्रकरण: दुवै पक्ष प्रहरीमा

फत्ते मुस्लिम मुसाफिरखानाभित्र एउटा वैवाहिक समारोहमा भएको झडप बारे दुबै पक्ष आ–आफ्नै दाबीसहित प्रहरीमा पुगेका छन् ।
विवाहमा आएका भारतीय व्यक्तिसंग आफ्नो बक्यौता रकम फिर्ता लिने निहुमा भएको घटनामा दुबै पक्ष ‘न्याय माग्दै’ प्रहरीमा पुगेका हुन् ।


अब्दुल हकीम हल्वाईलेसापटी दिएको रकम माग्न आउँदा आफुसंग अभद्र व्यवहार गरिएको दावी गर्दै प्रहरीमा पुगेका छन् । मुस्लिम मुसाफिरखाना प्रबन्धक सहितको समितिले बैवाहिक समारोहमा बबाल मच्चाउने व्यक्तिहरुलाई आवश्यक कारबाहीको माग सहित जिल्ला प्रहरी कार्यालय र महिला सेलमा उजूरी दर्ता गरेको छ ।
विवाह आयोजन गर्ने परिवारले भने, आफुसंग झड्प गर्न आउने समुहसंग कुनै लेनदेन नरहेको दावी गरेको छ । परिवारको गुनासो थियो, ‘बैवाहिक समारोहमा झडप हुदां आएका पाहुनाहरु डराए भागभाग भयो कति महिलाका गरगहना त्यही भागदौडमा हराए । धेरै पाहुना खानै न खाएर फिर्ता गए आफ्नो छोरा र छोरीको विवाहमा आफ्नो ठूलो बेज्जती भयो ।’

ब्याज रकम असुलीका लागि बैवाहिक समारोहमा झड्प

प्रतिक्रिया

प्रतिक्रिया