बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा जटिल सल्यक्रिया सफल भएको छ । सम्बद्ध चिकित्सकका अनुसार, खजुरा, गौघाटकी ३६ वर्षीया महिलाको गलगाडको सफल सल्यक्रिया गरिएको हो ।

बुधवार, क्यान्सरका इएनटी सर्जन, डा. आनन्द कर्णको टिमले जटिल प्रकारको उक्त सफल सल्यक्रिया गरेका हुन् । ‘१० वाइ ८ सेमीको ठुलो गाँठो भएकाले जटिल भएको हो,’ सल्यक्रियाको सफलता पछि बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिंदै सल्यक्रियामा संलग्न मेडिकल टिमका प्रमुख डा. कर्णले दैनिक नेपालगन्जसँग भने, ‘यस क्षेत्रका बिरामीका लागि यो गुड न्यूज हो, यसअघि यसखालका जटिल सल्यक्रियाका लागि राजधानी काठमाडौं वा भारतको लखनउ, दिल्ली जाने अवस्था थियो ।’

यस क्षेत्रका बिरामीका लागि यो गुड न्यूज हो, यसअघि यसखालका जटिल सल्यक्रियाका लागि राजधानी काठमाडौं वा भारतको लखनउ, दिल्ली जाने अवस्था
थियो ।
– डा. आनन्द कर्ण इएनटी सर्जन
खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पताललाई सबैप्रकारका स्वास्थ्य उपचारमा पनि विशिष्टकृत गरिंदै जाने योजना अनुसार क्यान्सर बाहेकका उपचारमा पनि सेवा प्रवाह गरिंदै आएको छ ।