नेपालगन्ज आउदै पूर्वप्रधानमन्त्री नेपाल

नेकपा एकिकृत समाजबादी पार्टीका अध्यक्ष एबम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल नेपालगन्ज आउने भएका छन् ।

पार्टी सम्बद्ध विद्यार्थीहरुको संगठन अनेरास्ववियू लुम्बिनी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्न नेपालसहितका शीर्ष नेताहरु नेपालगन्ज आउन लागेका हुन् ।

विद्यार्थी नेता टेकेन्द्र मल्लका अनुसार, पौष २ र ३ नेपालगन्जमा हुने कार्यक्रमलाई सम्बोधन गर्न नेतृ राम कुमारी झाक्री, नेकपा एसका नेता भावत बिश्वासी, मेटमणी चौधरी,अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त, महासचिव आरती लामा लगायतका नेताहरुको सहभागी हुनेछन् ।

प्रतिक्रिया

प्रतिक्रिया