युनेस्कोकर्मीलाई उच्च सम्मान

बाँके युनेस्को क्लबका तुलाधर र पंगाली दिल्लीमा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेशनल अवार्ड २०२१ ग्रहण गरिसकेपछि समारोहमा


समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए वापत बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक र अर्थ निर्देशकलाई भारतको राजधानी नयाँ दिल्लीमा भारतीय दलित साहित्य अकादमी दिल्लीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको छ ।


भारतीय दलित साहित्य अकादमीले आफ्नो बार्षिकोत्सवको अवसर पारेर भारत र भारत बाहिरका विभिन्न देशका व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधर र अर्थ निर्देशक वेद पंगालीलाई सम्मानित गरेको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए । कार्यकारी निर्देशक तुलाधरलाई डा.अम्बेडकर एक्सीलेन्सी सर्विस नेशनल अवार्ड २०२१ र अर्थ निर्देशक पंगालीलाई डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट सम्मानित गरिएको हो ।

बाँके युनेस्को क्लबका अर्थ निर्देशक वेद पंगाली डा.अम्बेडकर कलाश्री नेसनल अवार्ड २०२१ बाट सम्मानित भएपछि समारोहस्थलमा


नयाँ दिल्लीमा शनिवार आयोजित एक भव्य समारोहमा उहाँहरुलाई सम्मान प्रदान गरिएको क्लबले जनाएको छ । यसअघि बाँके युनेस्को क्लबका संरक्षक तथा संस्थापक अध्यक्ष प्रवेज अली सिद्दिकीलाई पनि भारतीय दलित साहित्य अकादमीले डाक्टर अम्बेडकर विशिष्ट सेवा राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको थियो ।


अन्तर्राष्ट्रियस्तरको सो सम्मानबाट क्लबको मान सम्मान समेत विश्वमा बृद्धि भएको जनाउँदै सम्मानित हुनु भएका बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि तुलाधरले यसबाट आफुलाई झन समाजसेवा गर्ने प्रेरणा प्राप्त भएको प्रतिक्रिया दिए ।
बाँके युनेस्को क्लबले विभिन्न अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र सरकारी निकायहरुसंग मिलेर बाँके र बर्दिया जिल्लामा विभिन्न समाजसेवाका कार्यहरु गर्दै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया