बासको भव्य २१ औं वार्षिकोत्सव

नेपालगन्जबाट भ्रष्टाचार बिरुद्ध विगुल फुक्दै देशब्यापी रुपमा विस्तार भएको संस्था, बागेश्वरी असल शासन क्लब (बास) २२ औं बर्षमा प्रबेश गरेको छ । २१ बर्ष पुरा भएको अवसरमा शुक्रबार बासले संस्थाको २१ औं बार्षिकोत्सब समारोह भव्य आयोजना गर्यो । बार्षिकोत्सबलाई भब्यताका साथ मनाउदै संस्थाले विभिन्न साँस्कृतिक कार्यक्रम, मन्तब्य, सम्मान लगायतका कार्यक्रमहरु गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले बास देशब्यापी रुपमा भ्रष्टाचार बिरुद्धको अग्रणी संस्थाको रुपमा स्थापित भएकोमा बधाई ज्ञापन गरे । उनले भने, ‘बास देशभर परिचित भइसकेको छ नेपालगन्जमा बास नभए कस्तो होला भन्ने भइसकेको छ ।’ देश भ्रष्टाचारमा रुमल्लिरहेको अवस्थामा बास जस्ता संस्थाहरु अगाडी आएर भ्रष्टाचार, बिकृती, बिसंगति बिरुद्ध थप सशक्त रुपमा लड्न आवश्यक रहेको उनको भनाइ थियो ।

यसैगरी कार्यक्रममा बोल्दै बासका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले राज्यको आर्थिक पारदर्शिताको पाटोमा बासको भूमिका महत्वपूर्ण रहेको बताउदै आगामी दिनमा थप सशक्त रुपमा अगाडि बढोस भन्ने सुवेक्षा ब्यक्त गरे । यसैगरी बासका सल्लाहकार पूर्णलाल चुकेले भ्रखरै बामे सर्दै गरे देखि चिनेको संस्था बास अब दौड्दै अगाडी बढीरहेकाले कसैले पनि बासको पाईला रोक्न नसक्ने बताए ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले बासका उत्कृष्ट शाखा र कर्मचारीको घोषणा गरे

बासका केन्द्रीय महासचिब शिव कुमार बर्माले सञ्चालन गरेको बार्षिकोत्सब समारोहमा बासले उत्कृष्ट ३ शाखालाई नगद सहित सम्मान गरेको छ । यसैगरी बासमा कार्यरत ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ को रुपमा सम्मान गरेको छ । कोभिड १९ न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कोभिड हिरोको रुपमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका नरेश बाबु श्रेष्ठलाई सम्मान गरिएको छ । भने बासको आयोजनामा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा मंसिर २३ गते नेपालगन्जमा आयोजना गरेको नेपालगन्ज वाकाथनमा सहयोग तथा सहकार्य गर्ने संस्था, निकाय तथा ब्यक्तिलाई सम्मान गरेको थियो । कार्यक्रममा बासका पूर्व स्वयम् सेवक संयोजकहरुलाई सम्मान गरिएको थियो । बासका उत्कृष्ट शाखा र कर्मचारीको घोषणा बासका कार्यकारी निर्देशक नमस्कार शाहले गरेका थिए ।

बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाको अध्यक्षतामा भएको बार्षिकोत्सब समारोहमा सास्कृतीक प्रस्तुतीहरु, गित, गजल प्रस्तुत गरिएको थियो । बार्षिकोत्सब समारोहमा विभिन्न क्षेत्रका गरी ३ सय बढीको सहभागिता रहेको थियो ।

बासका ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ र ३ ओटा शाखालाई उत्कृष्ट शाखा सम्मान प्रदान

बास नेपालले संस्थामा कार्यरत कर्मचारीहरु मध्ये कार्य सम्पादनको आधारमा ४ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी २०७८ द्धारा सम्मानीत गरेको छ ।

बासका कार्यकारी निर्देशक नमस्कार शाहले उत्कृष्ट कर्मचारीको घोषणा गर्दै बासका निर्देशक हेमराज भट्ट, कार्यक्रम संयोजक शोभा थापा मगर, हेल्पडेस्क सहजकर्ता शिब कुमार यादब र शोभा सुवेदी लाई उत्कृष्ट कर्मचारी २०७८ घोषणा गरेका थिए । सम्मानित हुने उत्कृष्ट कर्मचारीहरुलाई कार्यक्रममा प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणा र बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले नगद सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

यसैगरी बार्षिकोत्सबको अवसरमा हरेक बर्ष प्रदान गरिने उत्कृष्ट शाखा अन्तरगत यस बर्ष बास रुपन्देही शाखा प्रथम हुन सफल भएको छ । यसैगरी बाँके शाखा द्धितिय र झापा शाखाले तृतीय स्थान हासिल गरेको छ । यसरी उत्कृष्ट हासिल गर्ने शाखाहरुलाई क्रमशः नगद रु. ५ हजार, ३ हजार, २ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया