जिम्मेवार निकायमा बस्नेले जवाफदेहिता बहन नगर्दा मानव अधिकार संरक्षणमा समस्या

जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले जिम्मेवार निकायमा बस्नेले जवाफदेहिता बहन नगर्दा मानव अधिकार उपभोगमा समस्या भएको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग, एडभोकेसी फोरम नेपाल, इन्सेक, महिला कानून र बिकाश मञ्च, नेपाल बार एशोसिएसन, फियान नेपाल लगायत मानव अधिकार संजाल नेपालगंजमा आवद्ध बिभिन्न अधिकारवादी संघ सस्थाको संयुक्त आयोजना भएको कार्यक्रममा बोल्दै प्रमुख अजय कुमार श्रीवास्तवले आफु नबदलिएसम्म युग नबदलिने बताएका थिए ।

जिम्मेवार ओहदामा बस्नेहरु नबदलिएसम्म दिवस मनाउनुको अर्थ भन्दै प्रमुख श्रीवस्तवले ओहदामा बस्नेहरुको भनाई र गराईमा भिन्नता रहने गरेको गुनोरो गरेका थिए । शक्ति र सत्तामा बस्ने ठुला वडाको लागी कानून नलाग्ने र सानालाई मात्रै कानून लाग्ने अवस्थाको अन्त्य गरिनु पर्ने भनाई श्रीवास्तवले राखेका थिए र्। हामीले राम्रो कानून बनायौ तर त्यसलाई प्रभावकारी कार्यान्वयन नगर्दासबै नागरिकले मानव अधिकारको उपभोग गर्न पाएको छैनन’ श्रीवास्तवले भने ।

मानव अधिकार संरक्षण र सम्बद्र्धनमा सरोकारवालाको भुमिका बिषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बाँकेक सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले देशमा जुनसुकै शासकिय शैली परिवर्तन भए पनि कार्यशैली फेरिएन भने आम नागरिकले लोकतन्त्र र मानव अधिकारको प्रत्याभुत गर्न नसक्ने बताए । नागरिक र सेवाग्राहीको दुरी बढ्न नहुनेमा जोड दिदै सहायक प्रजिअ उपध्यायले जिम्मेवार निकायले इमान्दारीपुर्वक जनताको हितमा काम गरे मानव अधिकार संरक्षणमा बल पुग्ने बताएका थिए । मानवको मानव अधिकार मानवले नै हनन गरेको प्रसङ्ग उल्लेख गर्दै उपाध्यायले मनवले मानव भएर जिउन पाउनु पर्ने बताएका थिए ।

कार्यक्रमलाई सम्बेधन गर्दै नेपालगंज उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख उपसचिव शोभा शाहले मानव अधिकारको संरक्षणका लागी नागरिकले आफैबाट सुरु गर्नु पर्ने बताइन । सबैले सम्मानपुर्वक बाँच्न पाउने वातावरणको लागी सबैले जिम्मेवारीपुर्वक आ आफ्नो बनाउन सके मानव अधिकार संरक्षणमा मद्धत पुग्ने शाहले बताएकि थिईन ।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले मानव अधिकार संरक्षण र सम्बद्र्धन नेपाल प्रहरी प्रतिवद्ध रहेको उल्लेख गर्दै काम गर्ने सिलसिलामा कहि कतै कमीकमजोरी भए सच्चिन र सुधान तयार रहेको बताएका थिए । भिड नियन्त्रण गर्ने सन्दर्भ र अपराध अनुसन्धान गर्दा प्रहरीले अत्याधिक बल प्रयोग गर्ने यातना दिई मानव अधिकार उल्लघंन गर्छ भन्ने प्रहरीलाई आरोप लाग्छ तर आजको नेपाल प्रहरी कानून बमेजिम शक्तिको प्रयोग गर्ने र बस्तुनिट प्रमाणका आधारमा अपराध गर्ने, अभियुक्तका आधारभुत मानव अधिकार संरक्षणमा ध्यान दिने गरेको प्रहरी नायव उपरिक्षक न्यौपाने बताए ।

कार्यक्रमलाई सम्बेधन गर्दै अधिकारकर्मी वसन्त गौतमले अहिले पनि आम नागरिकले राष्ट्रिय अन्तर्राष्ट्रिय कानूनले प्रत्याभुत गरेका मानव अधिकारको पुर्ण रुपमा उपभोग गर्न नपाएको बताए । देशमा दण्डहिनता ब्याप्त रहेको संक्रमणकालिन न्याय तार्किक निष्कर्षम नपुग्दा द्धन्द्ध पीडितले न्यायको अनुभुति गर्न नसकेको गौतमले भनाई राखेका थिए । अदालतको आदेश पालन नहुने, मानव अधिकार उल्लंघनका घटनाको अनुसन्धन नहुनाले दण्डहिनतालाई प्रश्रय दिएको प्रसङ्ग उल्लेख गर्दै अधिकारकर्मी गौतमले सबै जिम्मेवार निकायले कानूनले दिएको जिम्मेवारीमा जवाफदेही बन्ने हो भने मानव अधिकार संरक्षणम बल पुग्ने बताएका थिए ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले मानव अधिकार दिवसको सन्दर्भमा बिगतकोअवस्थाको समिक्षा गरि भबिश्यमा कसरी मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्न सकिन्छ भन्ने बारेमा समिक्षा गरि अगाडी बढ्नु भनाई राखेका थिए । दिवसका अवसरमा बिगतका कुरा स्मरण गर्ने, चुनौतीहरुको समिक्षा गर्ने र भावी दिनमा कसरी सबै नागरिकको मानव अधिकार संरक्षण हुन सक्दछ भन्नेमा सबै जिम्मेवार निकायले आत्म समिक्षा गरि अगाडी बढ्नु पर्ने प्रदेश संयोजक महलले बताएका थिए ।

अभियान नेपालकी अध्यक्ष कमला पन्तले संचालन गरेको कार्यक्रममा फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकी, नेपाल बार एशोसिसनका पुर्व उपाध्यक्ष प्रह्लाद बहादुर कार्की, बाँके जिल्ला बार अध्यक्ष जनक बहादुर शाही लगायका वक्ताले राज्यका संरचनाले सिस्टममा काम गर्न नसक्दा मानव अधिकार उपभोगमा चुनौती रहेको बताएका थिए । आफनो अधिकारको उपभोग गर्दा अर्काको अधिकार हनन गर्न नहुनेमा सबैले ध्यान पु¥याउनु पर्नेमा जोड दिएका थिए । मानव अधिकारको उपभोग सबैले समान रुपमा गर्न पाउनु पर्ने भन्दै अधिकारकर्मीेले बर्गिय आधारमा कसैलाई असमान ब्यवहार गर्न नहुने बताएका थिए ।

कार्यक्रम कृषक राम गोपाल कुर्मिले किसानहरु समयमा मल बिउँ नपाउने, उत्पादन गरेका बस्तुको पनि बिचौलीयाका कारण उत्पादित बस्तुको उपयुक्त बजार भाउँ नपाउदा समस्यामा पर्ने गरेको पीडा सुनाएका थिए । देशमा लोकतन्त्र आएको भनिए पनि आम किसानलाई त्यसको अनुभुति हुन नसकेको बताएका थिए ।

कार्यक्रमम अध्यक्षको आशसनबाट बोल्दै राष्ट्रिय मानव अधिकार आयोगमा नेपालगंज कार्यालयका प्रमुख झंकर बहादुर रावलले मानव अधिकार सम्बन्धि अन्तर्राष्ट्रि सन्धी महासन्धि र राष्ट्रिय कानूनमा ब्यवस्था गरिए अनुसार सबैले मानव अधिकार उपभोग गर्न पाउनु पर्नेमा जोड दिए । मानव अधिकार दिवसका सन्दर्भमा सबैले आत्म समिक्षा गर्नु पर्ने भन्दै रावलले अधिकार माग्दा कर्तब्य भुल्न नहुने बताएका थिए ।

मानव अधिकारका सन्दर्भमा संयुक्त राष्ट्र संघको मानव अधिकारको आवधिक समिक्षामा उठेका सवाल, नेपालको लागी गरेका सिफारिस, मानव अधिकार समितिले गरेका निर्णय, राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसको कार्यान्वयन, नेपाल सरकारले निर्माण गरेको मानव अधिकार राष्ट्रिय कार्ययोजना, अदालतले गरेका सिफारिसको कार्यान्वयन हुनु पर्नेमा रावलले जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया