बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा श्री भैरव प्रसाद गण र कर्मचारी मिलन केन्द्र बाँकेको सहआयोजनामा बिहीबारबाट सुरु भएको बाँके जिल्ला खुल्ला ब्याडमिन्टन प्रतियोगितामा एकै दिन ७० भन्दा बढी खेलहरु भएका छन् । बिहीबार विधिन्न विधाका प्रथम चरणका खेल भएका हुन् ।

यू १९ को ३२ वटा, मेन्स सिंगलको १२ वटा, महिला सिंगलको ८ वटा, मेन्स डबल्सको २२ वटा खेल भएको बाँके जिल्ला ब्याडमिन्टन संघले जानकारी दिएको छ ।
बिहीबार भएको मेन्स डबल तर्फ सचिन चौधरी र शिव सुनारको जोडी विजयी भएको छ । चौधरी र सुनारको जोडीले प्रकाश माझी र धनञ्जय खड्काको जोडीलाई पराजित गरेको हो । मेन्स डबल तर्फको अर्को खेलमा तिलक बोहरा र राजन भण्डारीको जोडी विजयी भएको छ । उनीहरुले कुमार शान शाह र ललित चौधरीको जोडीलाई हराएको हो । त्यस्तै मेन्स डबलकै अर्को खेलमा चक्र र राजेश चौधरीको जोडीले उत्तम ढकाल र थाम बहादुर ओलीको जोडीलाई हरायो भने नवराज जोशी र कपुर सिंहको जोडी ओम चालिसे र टेक बहादुर खड्कालाई हराउँदै विजयी भयो ।

भेट्रान डबलमा शैलेन्द्र श्रेष्ठ र रामप्रसाद भुसालको जोडी विजयी भयो । श्रेष्ठ र भुसालको जोडीले गिता चौधरी र रमेश थापाको जोडीलाई हराएको हो । मंसिर २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा विधामा प्रतिस्पर्धा भैरहेको छ । खेलमा १ सय ४७ खेलाडीले खेल्दैछन् । (सबै तस्विरः हारुन कबिर/दैनिक नेपालगन्ज)

सुरु भो जिल्ला स्तरीय ब्याडमिन्टन: ‘खेलाडी उत्पादनमा सहयोग’