दुव्र्यवहार गर्नेले मागे माफीः काममा फर्किए कर्मचारी
युवाहरुको एउटा समूहले खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललाई कार्यालयमै पुगेर गरेको दुव्र्यबहारमा संलग्नहरुले माफी मागेपछि घटना साम्य भएको छ ।
घटनापछि कार्यस्थल असुरक्षित भएको भन्दै काममा नगएका खजुरा गाउँपालिकाका कर्मचारीहरुले विहीवारबाटै काममा फर्किएको बताए छन् । दिनभर कामकाज बन्द गरेका उनीहरु युवाको समुहले माफी मागेपछि काममा फर्किएका हुन् । ‘तर, कर्मचारीको मनोबल निकै गिरेको छ,’ अनाहकमा कार्यालय प्रमुखलाई बदनाम गरिएको प्रति आक्रोश व्यक्त गर्दै कर्मचारीले भने । ‘जनप्रतिनिधिहरुले सामुहिक रुपमा सुरक्षाको प्रत्याभूति गरेकाले काममा फर्कियौं, एक कर्मचारीले भने, ‘तर हिजोको घटनाको पुनरावृत्ति हुने सन्त्रासमा हाम्रो मनोबल खस्किएको छ ।’
‘आरोपबारे कुनै जाहेर आएन, उहाँहरु घर जानुभयो’ बाँके प्रहरी प्रवक्ता, डिएसपी मधुसूदन न्यौपानेले आरोपितलाई जाहेरी विना राखिरहन नमिल्ने जानकारी दिंदै भने ।
वनभोजले निम्त्यायो बबाल