वनभोजले निम्त्यायो बबाल

असुरक्षित कार्यालयः काम बन्द गर्ने चेतावनी

कार्यालयै आएर प्रमुखलाई गरिएको आक्रमणको विरोध गर्दै कारबाहीको माग सहित स्थानीय प्रहरी कार्यालयमा धर्ना दिंदै खजुरा गाउँपालिकाका कर्मचारी इलाका प्रहरी कार्यालय धनौलीको मूलगेटमा ।


युवाहरुको एउटा समूहले खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललाई कार्यालयमै पुगेर गम्भीर दुव्र्यबहार गरेको छ । बिहान कार्यालय खुल्नासाथ सवा १० बजेतिर आएको एक हुल युवाहरुले खराललाई कठालो समात्दै कार्यालय परिसरमैं दुव्र्यबहार गरेका हुन् ।


‘हामी प्रहरीलाई बोलाउने हिम्मतसम्म गर्न सकेनौं,’ एक कर्मचारीले घटना सम्झँदानै आङ जिरिङ्ग हुने प्रतिक्रिया दिंदै भनिन्, ‘बडो मुस्किलले प्रहरीलाई खबर गरेको २० मिनेटमा आएर हाकिम सा’बको सुरक्षाका लागि भन्दै लग्यो हामी सबै मुक दर्शक भइयो ।’

कार्यस्थल असुरक्षित भएको भन्दै खजुरा गाउँपालिकाका कर्मचारीहरुले भोलि विहीवार देखि कामकाज बन्द गर्ने निर्णय गरेका छन् । घटनालाई लिएर आक्रोशित कर्मचारीहरुले आक्रमणकारीहरुलाई कानुनी दायरामा नल्याएसम्म कामकाज ठप्प पार्न निर्णय गरेका हुन् । (हेर्नुस् विज्ञप्ति) दुव्र्यबहारको विरोधमा पालिकाका कर्मचारीहरुले स्थानीय प्रहरीमा धर्ना दिनुका साथै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुलाई तत्काल पक्राउ गर्न कर्मचारीहरुले माग गरेका छन् ।

गाउँपालिकाकै महिला कर्मचारीले लगाएको आरोपलाई लिएर आक्रोशित युवा समूहले खराललाई कार्यालयमै पुगेर दुव्र्यवहार गरेका थिए । ‘आरोपमा सत्यता भएनभएको अनुसन्धान गर्ने निकाय छ,’ घटनाको भएको भनिएको ६ दिनपछि कार्यालयमै आतंक मच्चाउँदा आफुहरुनै असुरक्षित भएको गुनासो गर्दै कर्मचारीहरुले भने, ‘दोषीलाई उन्मूक्ति दिने पक्षमा होइन, कानुनी उपचारमा जानुको साटो कार्यालयमा गरिएको अपराध क्षम्य हुनै सक्दैन ।’

घटनालाई लिएर आक्रोशित कर्मचारीहरुले आक्रमणकारीहरुलाई कानुनी दायरामा नल्याएसम्म कामकाज ठप्प पार्न निर्णय गरेका हुन् ।

(हेर्नुस् विज्ञप्ति)


गत शुक्रबार कैलालीको टिकापुर वनभोज गएका कर्मचारीबीचको घटनालाई लिएर बुधवार आक्रोशित युवाहरुले कार्यालयमैं पुगेर अभद्रता प्रदर्शन गरेका हुन् । पालिकाका कर्मचारीहरु वनभोजमा कुनै अप्रीय घटनाबारे अनभिज्ञता जनाउँछन् । तर, एक महिला कर्मचारीले आफुमाथि दुव्र्यबहार भएको घटना सुनाएपछि आक्रोशित आफन्तहरु कार्यालयमैं आक्रमणका लागि पुगेका थिए ।


प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ । बाँके प्रहरी प्रवक्ता, डिएसपी मधुसूदन न्यौपानेले आरोपितलाई नियन्त्रणमा लिइएपनि कुनै औपचारिक जोहेरी नआएको बताए । ‘गाउँपालिकामा बबाल भएको जानकारी आएपछि हामी पुगेका हौं,’ डिएसपी न्यौपानेले नेपालगन्जन्यूजसँग भने, ‘अरु घटनाबारे अहिलेसम्म कुनै जानकारी छैन ।’

प्रतिक्रिया

प्रतिक्रिया