जनप्रतिनिधिकै मिलेमतोमा राप्तीनदीको अवैध उत्खनन्बारे समाचार प्रकाशमा आइरहँदा विप्लव नेतृत्वको नेकपाका युवा कार्यकर्ताहरुले उत्खनन् गरी थुपारिएको ढुंगा, गिट्टी, बालुवामा झण्डा गाडेका छन् ।

उनीहरुले उत्खनन् गरिएको नदीजन्य पदार्थ वैधानिक भएको प्रमाणित नहुँदासम्म पार्टीकै कब्जामा राख्ने
नेकपा सम्बद्ध युवा संगठनका कार्यकर्ताहरुले टिकुलीपुर, जलालाघाट फत्तेपुर, ढलैयामा राखिएका नदीजन्य पदार्थमा झण्डा गाडेका हुन् । स्थानीय लालपुरमा रहेको खड्का कृष्ण क्रसमा भ्याट बिल समेत मागेका उनीहरुले उत्खनन् गरिएको नदीजन्य पदार्थ वैधानिक भएको प्रमाणित नहुँदासम्म पार्टीकै कब्जामा राख्ने बताएका छन् ।
अवैध उत्खनन्ले जोखिममा बस्ती, बस्ती जोगाउन प्रशासन गुहार्दै गाउँले