भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनको टिसर्ट सार्वजनिक

भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनको टिसर्ट सार्वजनिक गरिएको छ । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगन्जको व्यवस्थापनमा हुने सो कार्यक्रमको टिसर्ट मंगलवार सार्वजनिक गरिएको हो ।


बास नेपालका अध्यक्ष रमेश सिटौला, उपााध्यक्ष लुना बुढाथोकी, महासचिव शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले टिसर्ट सार्वजनिक गरेका हुन् । आयोजकका अनुसार, टिसर्टमा नेपालगञ्ज वाकाथन को लोगो र भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने सन्देश उल्लेखित रहेको छ ।


आयोजक संस्था बासका अनुसार, पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनको मूख्य उद्धेश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएको छ ।


वाकाथन नेपालगञ्जको वीपि चौकबाट शुरु भई धम्बोझी चौक, न्यूरोड, सेतु बि.क. चौक हुँदै बौद्ध गुम्वा न्यूरोड अगाडी अगाडी गएर समापन हुनेछ । बालबालिका, महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत १ हजार बढिको सहभागितामा हुने उक्त वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु गरिनेछन् ।
नेपालगञ्ज वाकाथन भव्यताका साथ सफल पार्नका लागि बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा मूल समिति र १५ सदस्यीय समिति सक्रियताका साथ कार्य गरिरहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया